एमीको अवतार

- एजेन्सी

असार १५, २०७४-

बेलायती मोडल एमी ज्याक्सन पछिल्लो समय भारतमा सक्रिय छिन् । एमी आफ्नो हट अवतार तथा टपलेस तस्बिरका कारण चर्चामा आइरहन्छिन् । रजनीकान्त तथा अक्षयकुमारको चलचित्र ‘२.०’ की यी अभिनेत्री यतिबेला कन्नड चलचित्र ‘द भिलेन’ मा व्यस्त छिन् ।

यसबीच हालै मात्र उनले एउटा हट फोटोसुट गराएकी छिन् । फोटोसुटका तस्बिर सार्वजनिक भएपछि युवाहरूको मुटुको धड्कन बढेको छ । फोटोग्राफर मेगन क्लेयरले उक्त फोटोसुट गरेका हुन् । तीमध्येको एउटा तस्बिर एमीले नै सार्वजनिक गरेकी छिन् । रातो स्विमसुटमा उनी निकै कामुक देखिएकी छिन् । 

 

प्रकाशित :असार १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्