प्रहरीको भूमिकामा किरण

- साप्ताहिक संवाददाता

असार १४, २०७४

उनको उचाइ ठ्याक्कै ६ फिट छ । उनले अभिनय र नृत्यको प्रशिक्षण लिएर आफूलाई चलचित्रका हरेक प्रकारका भूमिकामा फिट समेत बनाएका छन् । झन्डै दुई वर्ष मोडलिङमा बिताएका किरण राज उप्रेती यतिबेला चलचित्रमा सक्रिय हुन थालेका छन् ।

यो अवधिमा उनले तीनवटा चलचित्रमा अभिनय गरेका छन् । संयोग कस्तो छ भने तीनवटै चलचित्रमा उनले प्रहरी अधिकृतको भूमिका प्राप्त गरेका छन् । वीरगन्जका यी अभिनेताले पहिलो पटक अभिनय गरेको चलचित्र हो— मधुमास । सुदर्शन थापाको उक्त चलचित्रमा किरणले प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका थिए । उनले आफ्नो दोस्रो चलचित्र संरक्षणमा पनि प्रहरी अधिकृतकै भूमिका प्राप्त गरे । साउन १३ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रमा उनले अभिनेता निखिल उप्रेतीको जुनियरका रूपमा अभिनय गरेका छन् । असार ३० मा प्रदर्शन हुने म यस्तो गीत गाउँछु किरणको तेस्रो चलचित्र हो ।

यसमा पनि निर्देशक सुदर्शन थापाले उनलाई प्रहरी अधिकृतकै भूमिकामा प्रस्तुत गरेका छन् । म अग्लो भएकाले हुन सक्छ, किरण ठट्टा गर्छन्– भविष्यमा पनि म प्रहरी अधिकृतको भूमिकामा देखिएँ भने अचम्म नमान्नुहोला ।

 

प्रकाशित :असार १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्