मिस विश्वकर्माको घोषणा

- साप्ताहिक संवाददाता

असार १४, २०७४-

विश्वकर्मा समुदायका युवतीहरूको क्षमतालाई उजागर गर्न तथा उनीहरूमा लुकेको प्रतिभालाई सौन्दर्य प्रतियोगिताको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि ‘मिस विश्वकर्मा–२०१७’ आयोजना गरिने भएको छ ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मोनाली इन्टरटेन्मेन्टले यो प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो । प्रतियोगिताका विजेतालाई मिस विश्वकर्मा, फस्ट रनर्सअप, सेकेन्ड रनर्सअप, सेकेन्ड रनर्सअपसहितका विधामा पुरस्कृत गरिनेछ । आयोजक संस्थाका प्रमुद दीपक बराइलीका अनुसार यो प्रतियोगिताका प्रतिस्पर्धीहरूलाई प्रशिक्षणको क्रममा व्यक्तित्व विकास, क्षमता अभिवृद्धि, नैतिक जिम्मेवारी, सामाजिक उत्तरदायित्व, योगा, फोटोग्राफी, क्याटवाकसहितका विधामा प्रशिक्षण दिइनेछ । साप्ताहिक यो प्रतियोगिताको मिडिया पार्टनरका रूपमा रहनेछ । 

 

प्रकाशित :असार १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्