रोपाइँ महोत्सवको तयारी

- साप्ताहिक संवाददाता

असार १४, २०७४-

पोखरा पर्यटन परिषद्को आयोजनामा विगत १३ वर्षदेखि सञ्चालन हुँदै आएको रोपाइँ महोत्सव यसपालि असार १५ गते हुँदैछ । ‘हिलोमा एक पटक टेक्नुपर्छ है’ र ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित यो महोत्सवको आयोजना गरिन्छ ।

पोखरामा कृषि पर्यटन प्रवद्र्धनसहित बर्खायाममा पनि पर्यटक आगमनलाई प्रोत्साहित गर्न यो महोत्सव सञ्चालन गरिएको केदार शर्मा बताउँछन् । 

महोत्सव पोखरा लेखनाथ महानगरपालिका वडा नं. १६ स्थित ठूलीबेसी फाँटमा हुनेछ । १४ औं संस्करणको महोत्सवमा ५ सयभन्दा बढी विदेशीसहित झन्डै ३० हजार मानिस उपस्थित हुने अपेक्षा आयोजकहरूको छ । पोखरा पर्यटन परिषद्ले गोविन्दबहादुर खड्काको झन्डै ८ रोपनी खेतमा रोपाइँ महोत्सवको आयोजना गर्न लागेको हो । 

महोत्सवका अवसरमा साउने प्रतियोगिता, आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, नेपाली महिला–पुरुष तथा विदेशी महिला–पुरुषका लागि छुट्टाछुट्टै दौड प्रतियोगिता, नेपाली र विदेशीबीच डोरी तान्ने प्रतियोगिता, पत्रकारहरूको हिले दौड आदि प्रतियोगितात्मक कार्यक्रमका साथै विविध सांस्कृतिक कार्यक्रम समावेश गरिने बताइएको छ ।

 

प्रकाशित :असार १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्