रोनाल्डोकी प्रेमिका गर्भवती

- एजेन्सी

असार १३, २०७४- 

पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डोले भाडाको कोखको सहायतामा जुम्ल्याहा छोरा–छोरी पाएको समाचार पोर्चुगलका टेलिभिजन च्यानलहरूले प्रशारण गरेका छन् ।

पोर्चुगिज टेलिभिजन एसआईसीले रोनाल्डोले सरोगेट आमाको सहायतामा हालै छोरा र छोरी पाएको तथा नवजात शिशुको नाम इभा र मातिओ राखिएको जनाएको छ, तर यो विषयमा रोनाल्डो स्वयंले भने कुनै जानकारी सार्वजनिक गरेका छैनन् ।

पहिलो पटक सन् २०१० मा भाडाको कोखबाट रोनाल्डोले मोडल इरिना सायकसँग प्रेम रहेकै बेला क्रिस्टियानिन्हो (क्रिस्टियानो रोनाल्डो जुनियर) लाई जन्म दिएका थिए । अहिले रोनाल्डोको प्रेम जर्जिना रोड्रिगुएजसँग चलिरहेको अवस्थामा जुम्ल्याहा सन्तान जन्मिएको समाचार आएको छ । यसबीच केही सञ्चारमाध्यमले जर्जिना रोड्रिगुएर पनि गर्भवती भएको समाचार प्रकाशित गरेका छन् । जर्जिनाको नयाँ तस्बिरमा उनको पेट केही बढेको समेत देखिन्छ । 

 

प्रकाशित :असार १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्