प्रेमगीत २ प्रदर्शनका लागि तयार

- साप्ताहिक संवाददाता

असार १३, २०७४- 

प्रेमगीत २ अब रिलिजका लागि तयार भएको छ । रेड स्टुडियोमा अश्लेषा ठकुरी र सन्तोष सेनले अन्तिम स्वरांकन भरे । 

साउन १३ गते रिलिज हुने सिनेमाले सम्पादनका सबै विधागत कामलाई पूर्णता दिएको छ । यसमा डबिङ, रङ संयोजन, पाश्र्वध्वनी र सम्पादन छन् । आयोजित प्रेस भेटघाटमा अभिनेत्री ठकुरी र निर्माता एवं अभिनेता सेन डबिङ गर्दै गरेको अवस्थामा भेटिए । 

‘डबिङ गर्दै जाँदा बीचैमा छोडौंकी जस्तो भएको थियो तर हिम्मत हारिन’ अश्लेषा सुनिइन्, ‘या त म जोडले चिच्याउनुपर्ने, जोडले हाँस्नुपर्ने संवेदनामा उत्रनुपर्ने थियो । गर्दै जाँदा फिलिङ्सले काम सम्पन्न गर्न सक्यो ।’ उनी फिल्ममा बर्मेली युवतीको भूमिकामा छिन् । 

निर्माता एवं अभिनेता सन्तोष सेन ट्रेलरमा हेर्दा एक क्रुद्ध पात्रको भूमिकामा छन् । अभिनेता प्रदीप खड्काले भने यसअघि नै डबिङ सम्पन्न गरिसकेका छन् । 

प्रकाशित :असार १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्