श्रेया, अनिकेत भए मिस एसएलसी र एसएलसी प्रिन्स

- साप्ताहिक संवाददाता

असार १३, २०७४- 

इभेन्ट्स नेपालले मिस एसएलसी नेपाल र एसएलसी प्रिन्स नामक प्रतियोगिता सम्पन्न गरेको छ । उक्त प्रतिस्पर्धामा आफ्ना ८३ जना प्रतिस्पर्धीलाई पछि पार्दै श्रेया न्यौपानेले फ्रेन्डशीप विधाको अवार्डसंगै मिस एसएलसी नेपाल २०१७ को ताज पहिरिन सफल भइन् । यसैगरी आफ्ना ३४ प्रतिस्पर्धी भन्दा आफूलाई अब्बल साबित गर्दै अनिकेत अधिकारी एसएलसी प्रिन्स २०१७ को उपाधि जित्न सक्षम भएका छन् । 

प्रतियोगितामा मिस एसएलसी नेपालतर्फ सरिता तामाङ फस्ट रनरअप, भेनस भट्ट सेकेन्ड रनरअप तथा दिक्षा खडायत र रिभिका लम्साल क्रमश: थर्ड र फोर्थ रनरअप चयन भएका थिए । प्रतियोगितामा भेनसले लिडरशीप, दिक्षाले ट्यालेन्ट र रिभिकाले क्रियटिभ विधाको अवार्ड पनि जितेका थिए ।

एसएलसी प्रिन्स तर्फ भने सन्तोष पोखरेल फस्ट रनरअप चयन भएका थिए । यसैगरी अभिषेक पोखरेल सेकेन्ड रनरअप तथा नविस कठायत र सरोज विष्ट क्रमश: थर्ड र फोर्थ रनरअप घोषित भएका थिए । प्रतियोगितामा अभिषेकले भेट्रान र नबिशले पर्सनालिटी विधाको अवार्ड पनि जित्न सफल भएका थिए । 

प्रकाशित :असार १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्