नेपाली कपडाको फेसन सो (फोटो फिचर)

- साप्ताहिक संवाददाता

असार ११, २०७४-

नेपालमै उत्पादिन कपडाहरू डिजाइन गरिएका ड्रेसहरुको ‘फाइवर टु फेसन’ को आयोजना गरियो । 

पाँच जना फेसन डिजाइनरहरुले आ–आफ्नो डिजाइनहरू मोडलहरू मार्फत् प्रस्तुत गरेका थिए ।

फेसन डिजाइनर रचना श्रेष्ठले फ्युजन शिर्षकमा पहिलो सिक्वेन्समा आफ्ना डिजाइनहरु प्रस्तुत गरिन् । यसैगरी सविता प्रजापतिले कर्पोरेट ड्रेसमा आफ्नो डिजाइन प्रस्तुत गरिन् । 

मेन्स वेयरमा फेसन डिजाइनर तेन्जिङ भुटियाले आफ्नो डिजाइन कला देखाएका थिए भने संगीता लिम्बुले क्याजुएल वेयरमा आफ्नो डिजाइन प्रस्तुत गरिन् । क्लब डेजा भुमा आयोजना भएको फेसन शोको अन्तमा आकाश श्रेष्ठले इभिनिङ वेयरमा आफ्नो डिजाइन प्रस्तुत गरेका थिए । 

पूर्व मिस नेपाल माल्भिका सुब्बा, सुशील श्रेष्ठ, सिर्जना रेग्मी, शुभेच्छा खड्का र थाइल्याण्डका मोडलले सोज स्टपरको भुमिका निभाएका थिए । 

 

प्रकाशित :असार ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्