फेस अफ चितवन

- साप्ताहिक संवाददाता

असार ११, २०७४-

फेस अफ चितवनको उपाधि भरतपुर, हाकिमचोकका सोनाल लामाले हात पारेका छन् । मञ्जरी ग्रुपले आयोजना गरेको प्रतियोगितामा गैंडाकोटका रोहित शेर्पालीले फेस अफ चितवन इन्टरनेसनलको उपाधि जितेका छन् ।

शेर्पालीले आगामी फेब्रुअरीमा टर्कीमा हुनेमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा फस्ट रनर्सअप रामनगरका प्रवेश कँडेल, सेकेन्ड रनरअप सिजन गौतम तथा थर्ड रनर्सअप एवं फेस अफ चितवन एसियाको उपाधि गौरीगन्जका प्रदीप पौडेलले हात पारे ।

उक्त अवसरमा मिस्टर नेपाल–२०१७ का विजेतालाई सम्मानसमेत गरिएको थियो । ३४ जना हुँदै फाइनलमा ६ जनाबीच अन्तिम प्रतिस्पर्धा भएको उक्त प्रतियोगितामा एरोमा कलेज अफ फेसनको पहिरन प्रस्तुत गरिएको थियो भने कार्यक्रमको कोरियोग्राफी प्रज्ञा तिवारीले गरेकी थिइन् ।

 

प्रकाशित :असार ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्