रमजानमा स्वीमसुट विवाद

- एजेन्सी

असार १०, २०७४-
चलचित्र ‘दंगल’ मा आमिर खानकी छोरीको भूमिका निर्वाह गर्ने फातिमा सना शेखले हालै स्वीमसुट लगाएर हट फोटोसेसन गराइन् । सनाका ती तस्बिर सामाजिक सञ्जालमा भाइरल भए । अधिकांश दर्शकले उनका ती तस्बिर मन पराए, तर केहीले भने आलोचनासमेत गरे ।

अहिले आएर आलोचकहरूको स्वर दह्रो भएको छ । केहीले त रमजानको पवित्र महिनामा फातिमाले बिकिनी लगाएकोमै आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा आएका केही प्रतिक्रियामा भनिएको छ : ‘कम्तीमा रमजानमा त लाज मान्नुपर्छ’, ‘तिमीले आफ्नो नाम नै परिवर्तन गर्नुपर्छ’, ‘तिमी नामले मात्र मुस्लिम हौ, कामले होइन’ ।

दंगलपछि फातिम आमिर खानसँगै दोस्रो चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ मा काम गर्दैछिन् । यो चलचित्रमा उनलाई एक्सन भूमिकामा देख्न पाइन्छ । उक्त चलचित्रमा आमिर तथा फातिमासँगै अमिताभ बच्चन र कट्रिना कैफले पनि अभिनय गर्दैछन् ।

 

प्रकाशित :असार १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्