आई क्लव फेसन मेनिया (फोटो फिचर)

- साप्ताहिक संवाददाता

असार ९, २०७४- 

दरवारमार्गस्थित आई क्लव डिस्कोथेकमा आई क्लव फेसन मेनिया फेज १५ सम्पन्न भएको छ । फेसन पारखी र क्लव लभर्सहरुले क्लव खचाखच भरिएको थियो । 

७ वटा फेशन सिक्वेन्सहरु समावेश गरिएको यो फेसन सोमा लाफ डिजाईन स्टूडियो, पेज ३, दुर्गा कलेक्शन, बन्सी खड्का तथा सुस्मिता कलेक्शनले आ–आफ्नो डिजाईन तथा कलेक्सनहरुलाई प्रस्तुत गरेका थिए । 

आई क्लवले हरेक वर्ष दुई वटा फेसन सोको आयोजना गर्दै आएको छ । यस कार्यक्रममा मोडलहरु रश्मिती, उपमा, श्रृजना, अलिशा, क्रिष्टिना, मन्दिरा, स्मृति, सेलिना, ईस्थर, सोनी, चण्डिका, चीजु, सविना र अम्रिताले क्याटवाट गरेका थिए ।  

अष्ट्रेलियामा ‘फेसनमाण्डु’ लाई अन्तर्राष्ट्रिय ब्राण्ड बनाउन सफल अर्चना थापाले यसपटकको फेसन सोमा कोरियोग्राफी गरेकी थिईन् । कार्यक्रममा मोडल तथा अभिनेत्री हरिषा बाँनियाले आकर्षक नृथ्य गरेकी थिइन् । यसैगरी गायक सुमन श्रेष्ठले गीतहरु प्रस्तुत गरेका थिए । यस कार्यक्रमलाई सफल पार्न वेटर ग्यालेक्सी इन्टरटेन्टमेन्ट प्रा.लि.ले सहयोगीको भूमिका समेत निभाएको थियो । 

 

प्रकाशित :असार ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्