कंगना विरुद्ध आरोप

- एजेन्सी

असार ८, २०७४-
निर्देशक केतन मेहताले अभिनेत्री कंगना रणावतविरुद्ध एउटा मुद्दा दायर गरेका छन् । पछिल्लो दस वर्षदेखि रानी लक्ष्मीबाईमा आधारित चलचित्रको अनुसन्धानमा जुटेका निर्देशक मेहताले कंगनाविरुद्ध धोका दिएको तथा विश्वास तोडेको आरोप लगाएका छन् ।

लक्ष्मीबाईको भूमिकाका लागि मेहताले कंगनालाई अनुबन्ध मात्र गरेका थिएनन्, तलवार बाजी आदिको प्रशिक्षणसमेत दिलाएका थिए । अचानक कंगनाले लक्ष्मीबाईमै आधारित अर्को एक चलचित्रमा अभिनय गर्ने करार पत्रमा हस्ताक्षर मात्र गरिनन् त्यसको प्रचार–प्रचारलाई पनि तीव्र बनाइन्, जसको निर्देशकका रूपमा क्रिसको नाम सार्वजनिक गरियो । यो कुराले निर्देशक मेहता अत्यन्त दु:खी बनायो ।

आफ्नो वर्षौंदेखिको अनुसन्धान तथा मेहनतलाई कंगनाले दुरुपयोग गरेपछि बाध्य भएर उनले एउटा लिगल नोटिस पठाए, जसमा कंगनाले आफ्नो विषयवस्तुको अपहरण गरेको आरोपसमेत लगाए । मेहताले यतिबेला कंगनाले अभिनय गर्ने भनिएको चलचित्रको काम रोकिनुपर्ने तथा आफूले अर्कै अभिनेत्रीलाई लिएर आफ्नो चलचित्रको काम प्रारम्भ गर्न पाउनुपर्ने माग गरेका छन् । 
 

प्रकाशित :असार ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्