मोरङको सुन्दरहरैचामा तीन दलबीच मुख्य प्रतिस्पर्धा

- नरेन्द्र बस्नेत

असार ८, २०७४- 

मोरङको सबैभन्दा ठूलो नगरपालिकाको रुपमा रहेको सुन्दरहैचामा दोस्रो चरणको स्थानीय निर्बाचनमा मुख्य ३ दलको नै प्रतिस्पर्धा देखिएको छ । नगरपालिकामा मेयर पदमा नेपाली काँग्रेसका तर्फवाट शिव ढकाल, माओवादी केन्द्रवाट लक्ष्मी न्यौपाने (लता) र एमालेका तर्फवाट केदार गरागाँई मुख्य प्रतिपष्र्धा गर्दैछन् । 

उपमेयरका लागि माओवादी केन्द्रवाट नवराज चापागाई, काँग्रेसबाट विन्दा थापा र एमालेबाट धना तामाङ उम्मेद्वार बनेका छन् । 

मेयरमा काँग्रेसका ढकाल स्थानीयस्तरमा लोकप्रिय नेता हुन । एमालेका गुरागाई विभिन्न संघसंस्थाको नेतृत्व गरेका आफनो स्वच्छ छवि प्रस्तुत गरिसकेका छन् भने एमालेकी न्यौपाने पनि स्थानीय स्तरमा राम्रै चर्चा भएकी नेतृ हुन् । उपमेयरमा माओवादीका चापागाई सो क्षेत्रमा लोकप्रिय छन् । उनले उद्योग वाणिज्य संघ लगायतको कुशल नेतृत्व गरिसकेका छन् । एमालेकी तामाङ यस क्षेत्रमा पुरानो र लोकप्रिय नाम हो भने काँग्रेसकी थापा समेत यस क्षेत्रमा चर्चित छिन् । 

सो नगरपालिकामा  प्रमुख पाँच राजनीतिक दलहरुले उम्मेदवारको मनोनयन दर्ता गरेका छन् ।  सुन्दरहरैंचामा रहेको १२ वडाहरुबाट नेकपा माओवादी क्रान्तिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय जनमुक्ति पार्टी, संघीय समाजवादी पार्टी, तथा नेपाल लोकतान्त्रिक  फोरमका मेयर, उपमेयर, वडा अध्यक्ष तथा सदस्यहरुले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । कुल ८० हजार ५ सय १८ जनसंख्या रहेको सुन्दरहरैंचा नगरपालिकामा ५३ हजार ८ सय  ७६ जना मतदाता रहेका छन् । 

प्रचारको फरकशैली 

देश यतिबेला चुनावमय भएको छ । दोस्रो चरणको स्थानीय निर्वाचनको मिति नजिकिए सँगै दलहरु चुनावी प्रचार प्रसारमा ब्यस्त भएका छन् । यहि भिडमा एकजना मेयरले भने अन्य दलका उम्मेदवार भन्दा भिन्न प्रचारशैली अपनाएका छन् ।

खम्वुवान राष्ट्रिय पार्टीका उपसचिब समेत रहेका बेलबारी नगरपालिकाका मेयर पदका उम्मेदवार राजुदेव राईले प्रचारमा नयाँ शैली अपनाएका छन् । उनले आफुले प्रयोग गर्दै आएको मोटरसाईकलमा शुरुमा नेपालको झण्डा र त्यो भन्दा सानो आकारमा मात्र पार्टीको झण्डा हालेर प्रचार प्रसारमा जुटेका छन् ।

सबै पार्टीले आफना पार्टीका झण्डा फहराएर प्रचार—प्रसार गरिरहेका बेला उनको यो शैलीले भने देशप्रेम झल्काएको छ । किन यस्तो प्रचार शैली अपनाउनुभयो भन्ने प्रश्न गर्दा उनले देश नै नरहे पार्टी नरहने र आफू पनि नरहने भएकोले पहिलो प्राथमिकता देशलाई दिएको बताए । 

देश रहेमात्र पार्टी रहने र हामी सबै रहने भन्दै पहिलो भोट देशलाई दिनुपर्ने भन्दै आफूले यस्तो गरेको बताए । कसैलाई देखाउनका लागि यसो नगरेको र देश प्रतिको माया दर्शाउन मात्र झण्डा प्रयोग गरेको उनले बताए ।   

 

 

प्रकाशित :असार ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्