नाटकको माध्यमबाट जनचेतना

- राजाराम पौडेल

असार ८, २०७४-

वातावरणमैत्री सडक नाटक ‘हाम्रो पोखरा राम्रो पोखरा’ पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर–२५, हेमजामा प्रदर्शन गरिएको छ ।

पश्चिम पोखरा सामुदायिक विकास केन्द्र कास्कीको आयोजना तथा पोखरा लेखनाथ महानगरपालिकाको सहकार्यमा यो नाटक अन्य वडामा समेत प्रदर्शन गरिने बताइएको छ । परिर्वतनको लेखन तथा निर्देशनको नाटक हाम्रो पोखरा राम्रो पोखरामा कलाकारहरू दिलप्रसाद गुरुङ, शीतला अधिकारी, रमेश बाबु तिमल्सिना, शान्ति आले मगर, रश्मि पुन मगर, प्रकाश रेग्मी तथा अञ्जु दाहालले अभिनय गरेका थिए ।

उक्त नाटक पोखरामा छाडा चौपायाका कारण बढ्दै गएको सडक दुर्घटना एवं फोहोरमैलालाई वर्गीकरण गरी कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा केन्द्रित छ । 

 

 

प्रकाशित :असार ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्