अब्बल उमावि

- भिषा काफ्ले, जनक तिमिल्सिना

असार ८, २०७४-
‘अब्बल’ भन्ने शब्द नै ओजपूर्ण शब्द हो । कुनै पनि विषयमा अब्बल हुन एउटा मात्र कुराको मापन पर्याप्त हुँदैन, तैपनि मुख्य आधार भने तय गर्नैपर्ने हुन्छ । साप्ताहिकले तयार गरेको अब्बल विद्यालय छनौटको मुख्य आधार विद्यालयहरूको शैक्षिक परिणाम नै हो । साप्ताहिकले यही आधारमा विगत १३ वर्षदेखि १० जोड २ विद्यालयहरूमध्येबाट अब्बल १० विद्यालय छान्ने काम गर्दै आएको छ । राष्ट्रिय परीक्षा बोर्ड (यसअघिको उच्च माध्यमिक शिक्षा परिषद्) ले उपलब्ध गराएको शैक्षिक परिणामलाई आधार मानि उच्च माध्यमिक विद्यालयहरूले पाँच वर्षमा ल्याएको नतिजाको औसत प्रतिशतका आधारमा उत्कृष्ट कलेज छनौट गरिँदै आएको छ । छनौटका क्रममा कक्षा ११ र कक्षा १२ को परीक्षामा १ सय ९० जनाभन्दा बढी विद्यार्थी सहभागी भएका विद्यालयलाई मात्र समावेश गरिएको छ भने लगातार पाँच वर्षभन्दा बढी परीक्षामा सहभागी भएका विद्यालय मात्र यसमा समावेश छन् ।

यस वर्ष हामीले अब्बल १० उच्च माध्यमिक विद्यालय तथा थप अन्य १० वटा उत्कृष्ट मावि छनौट गरेका छौं । अब्बल माविको एक नम्बरमा विगत लामो समयदेखि उक्त स्थानमा रहँदै आएको ललितपुर, मानभवनस्थित प्रसादी एकेडेमी नै छ । प्रसादी एकेडेमीको विगत ५ वर्षको औसत उत्तीर्ण दर ९८ दशमलव ९४ प्रतिशत छ । यो सूचीमा ९६ दशमलव ५ प्रतिशतका साथ सेन्ट जेभियर दोस्रो तथा ९५ दशमलव ९५ प्रतिशतका साथ सेन्टमेरिज जावलाखेल तेस्रो स्थानमा छन् । त्यसैगरी क्रमश: काठमाडौं मोडल, ग्लोबल कलेज अफ म्यानेजमेन्ट, सैनिक महाविद्यालय सल्लाघारी, सगरमाथा उमावि पोखरा, एनसीसीएस उमावि पकनाजोल, जेभियर एकेडेमी लाजिम्पाट तथा मोडर्न बोर्डिङ भक्तपुर छन् । अब्बल १० उच्च माध्यमिक विद्यालयभित्र गत वर्षकै कलेजले स्थान पक्का गरेका छन् तर सूचीमा सामान्य तल–माथि भने भएको छ । प्रसादीको लामो समयदेखिको नम्बर एकको दौडले निरन्तरता पाएको छ भने दुई वर्षदेखि सेन्ट मेरिजलाई ओभरटेक गरेर सेन्ट जेभियर दोस्रो नम्बरमा उक्लिएको छ । चौथो स्थानमा रहेको काठमाडौं मोडल कलेज यस वर्ष पनि सोही स्थानमा छ । ग्लोबल कलेज अफ म्यानेजमेन्ट तथा सैनिक महाविद्यालयले आफ्नो स्थान साटफेर गरेका छन् । गत वर्ष उत्कृष्ट ५ मा परेको सल्लाघारीस्थित सैनिक महाविद्यालय यस वर्ष छैटौं स्थानमा पुगेको छ भने छैटौं स्थानमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्ट, बानेश्वर पाँचौं स्थानमा उक्लिएको छ । 

उपत्यकाबाहिरबाट उत्कृष्ट १० भित्र पर्न सफल एक मात्र विद्यालय सगरमाथा उच्च मावि पोखरा हो । सगरमाथाले उपत्यका बाहिरको साख मात्र राखेको छैन यस वर्ष सबैभन्दा राम्रो प्रगति गरी माथि उक्लन सफल कलेजसमेत भएको छ । सगरमाथा १० औं स्थानबाट एकै पटक तीन स्थान माथि आई सातौं स्थान ओगट्न सफल भएको छ । पकनाजोलस्थित एनसीसीएस उमाविले अघिल्लो वर्षको आफ्नो स्थान सुरक्षित गरेको छ भने गत वर्ष ७ औं स्थानमा रहेको जेभियर एकेडेमी, लाजिम्पाट दुई स्थान तल झर्दै नवौं स्थानमा पुगेको छ । गत वर्ष ९ औं स्थानमा रहेको भक्तपुरको मोडर्न बोर्डिङ स्कुल यस वर्ष १ स्थान तल झरी १० औं स्थानमा छ ।

लामो समयदेखि उत्कृष्ट १० भित्र पर्दै आएका कतिपय विद्यालय थोरै प्रतिशतका आधारमा १० भित्र समेटिन सकेका छैनन् । यसो भन्दैमा यिनीहरूको परीक्षाफल नराम्रो छ भन्ने होइन । प्रतिशतका आधारमा हेर्दा केही दशमलव फरक परेर उत्कृष्ट १० भित्र पर्न नसकेको माध्यमिक विद्यालयहरूमा लिटिल एन्जल उमावि, युनाइटेड एकेडेमी तथा रिलाइन्स इन्टरनेसनल उमावि छन् । त्यसैगरी ट्रिनिटी इन्टरनेसनल, जेभियर इन्टरनेसनल, सेन्ट लरेन्स, मेरिल्यान्ड उच्च मावि, विराटनगर, काठमाडौं बनहर्ट, एम्बिसन एकेडेमी एव. मुनलाइट बोर्डिङ स्कुल, सातदोबाटो उत्कृष्ट २० भित्र समेटिन सफल छन् । उत्कृष्ट २० भित्र पर्न सफल कतिपय कलेज नयाँ छन् । विगतमा राम्रो नतिजा ल्याइरहेको गोर्खा इन्टरनेसनल स्कुल घोराहीलाई आर्थिक वर्ष ०७२/०७३ को परीक्षाफलले धोका दिएको छ । विगतमा राम्रो रिजल्ट भए पनि यो वर्ष उसले ६० प्रतिशत रिजल्ट पनि मुस्किलले पुर्‍याउँदा २१ औं स्थानमा सीमित भयो । त्यसो त कम विद्यार्थी भर्ना गराएर सत प्रतिशत परिणाम ल्याउने विद्यालय पनि उत्तिकै छन्  ।

क्रं.सं.उमाविको नाम०६८/६९०६९/७००७०/७१०७१/७२०७२/७३औसत %
१.प्रसादी एकेडेमी, ललितपुर९८.५५९९.३४९८.७८९९.०२९९.०३९८.९४
२.सेन्ट जेभियर, माइतीघर९२.१८९८.४३९७.५२९८.९०९५.७८९६.५०
३.सेन्टमेरिज उमावि, जावलाखेल९७.५९९७.२०९२.७०९६.१२९६.१३९५.९४
४.काठमाडौं मोडल उमावि, बागबजार९५.४३९५.२७९२.८४९७.७९९७.७९९५.८२
५. ग्लोबल कलेज अफ म्यानेजमेन्ट, नयाँ बानेश्वर९३.२२९७.०१९७.१४ ९४.५७९४.५७९५.३०
६.सैनिक महाविद्यालय, सल्लाघारी९५.३३९५.७३९५.४३९३.६५९३.६५९४.७५
७.सगरमाथा उमावि, पोखरा९३.७०८७.८६९४.८२९५.८८९५.९८

९३.६२

८.एनसीसीएस उमावि, पकनाजोल९२.५६८८.७९९५.०१९३.७४९३.७५९२.७६
९.जेभियर एकेडेमी, लाजिम्पाट९५.५१९५.३४९५.१४८३.५२९१.७०९२.२४
१०.  मोडर्न बोर्डिङ उमावि, भक्तपुर९१.५४९४.६८९४.९६८६.३०९१.१६९१.७२

 

१. प्रसादी एकेडेमी

सिट संख्या : ७ सय 
साइन्स : ४ सय ५० , व्यवस्थापन : २ सय ५०
भर्ना शुल्क, विज्ञान : १४,९५० व्यवस्थापन : १४,९५० 
मासिक शुल्क व्यवस्थापन : ३,५५०, विज्ञान : ४,५५०
अन्य : ६ सय ५० 
राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको पाँच वर्षको परीक्षाफलको औसत उत्तीर्णाङ्कमा लामो समयदेखि प्रसादी एकेडेमी अब्बल रहँदै आएको छ । कक्षा ११ र १२ को पछिल्ला पाँच वर्षको परीक्षाफलको औसत उत्तीर्णाङ्क ९८ दशमलव ९४ प्रतिशत छ । एकल व्यवस्थापनबाट एउटै मात्र सोलो कार्यक्रम सञ्चालन गरेका कारण विद्यालयको नतिजामा आफूहरू अब्बल रहँदै आएको प्रसादी एकेडेमीका प्राचार्य विक्रम राई बताउँछन् । ‘हामी १० जोड २ मात्र सञ्चालन गर्ने एक मात्र संस्था हौं, त्यही भएर जहिले पनि हाम्रो कन्सन यही तहका विद्यार्थीहरूमाथि केन्द्रित हुन्छ ।’ सामान्यतया उच्च माविहरूले विद्यार्थीलाई पढाउने प्रचलन छ तर प्रसादीले पढ्न सिकाउने पद्धति अँगाल्दै आएको छ । २० औं वर्षमा प्रवेश गरेको प्रसादीमा अधिकांश शिक्षक लामो समयदेखि निरन्तर अध्यापनरत छन् । अनुभव बोकेका तिनै शिक्षक प्रसादीलाई उत्कृष्ट बनाउने योद्धा भएको राई बताउँछन् । यसमा अभिभावकहरूले आफूले गरेको लगानीप्रति निरन्तर गर्ने निगरानी तथा सिकाइलाई व्यवहारमा उतार्ने विद्यार्थीहरूको मेहनतले पनि राम्रो भूमिका खेलेको प्राचार्य राईको तर्क छ ।

२. सेन्ट जेभियर


सिट संख्या : विज्ञान : ५ सय ७
सेक्युरिटी डिपोजिटसहित जम्मा शुल्क : ८७,५०० (दुई किस्तामा)
विद्यार्थीलाई आफ्नो कर्तव्य के हो भन्ने कुरा सिकाउना साथ उनीहरू आफैं आफ्नो काममा लाग्छन् । सेन्ट जेभियर उच्च माविका डिन गेहेन्द्र चन्द भन्छन्– ‘हामीले अध्यापन सुरु गर्नुअघि यही कुरा सिकाउँछांै ।’ लामो समयदेखि निरन्तर उत्कृष्ट नतिजा निकाल्दै आएको यो उच्च माविमा विज्ञान संकायमात्र अध्ययन–अध्यापन हुन्छ । पाठ्यक्रममा आधारित विषयवस्तुका साथै अतिरिक्त क्रियाकलापमा पनि यो उच्च माविले त्यतिकै ध्यान दिँदै आएको छ । आधुनिक अध्यापन प्रणालीअनुरूप अध्यापन गराउनु सेन्ट जेभियरको सफलताको अर्को रहस्य हो ।समय विकास भएको मल्टिमिडिया सिकाइ प्रणालीलाई यो उमाविले सैद्धान्तिक रूपमा स्वीकार गरेको मात्र छैन, प्रयोगमै ल्याएको छ । 
 

३. सेन्ट मेरिज

सिट संख्या २ सय १५
मानविकी : ३५ , व्यवस्थापन : ९०, विज्ञान : ९० 
मासिक शुल्क : नखुलेको , भर्ना शुल्क : नखुलेको , अन्य शुल्क : नखुलेको
ललितपुरको जावलाखेलस्थित सेन्ट मेरिज उच्च माविले छात्राहरूलाई मात्र अध्यापन गराउँछ । यो उच्च माविले विज्ञान, मानविकी तथा व्यवस्थापन गरी तीनवटै संकायका कक्षा सञ्चालन गर्छ । ‘हामी साइन्स, म्यानेजेमन्ट तथा ह्युम्यानिटिज तीनवटै संकायमा अध्यापन गराउँछौं,’ कलेजकी म्यानेजर मारियाले भनिन्, ‘७ बजेदेखि १२ बजेसम्म क्लास हुन्छ ।’ सेन्ट मेरिजको आफ्नै होस्टल छैन । यो उच्च माविमा लाइब्रेरी, कम्प्युटर ल्याब, साइन्स ल्याब, खेल मैदान आदिको उचित प्रबन्ध भने छ । यो तहमा पढाइमै बढी केन्द्रित हुनुपर्ने भएकाले धेरै एक्स्ट्रा एक्टिभिटिज भने गराउन नसकिएको मारियाडले बताइन् । यद्यपि फुर्सदमा खेल्नका लागि बास्केटबल आदिको सुविधा भने सेन्ट मेरिजमा उपलब्ध छन् ।

४. काठमाडौं मोडेल उमावि 
सिट संख्या : १ हजार ४ सय, विज्ञान : १ हजार , व्यवस्थापन : ४ सय, शुल्क विज्ञान : ५,२००, म्यानेजमेन्ट : ३,५०० 

भर्ना विज्ञान : ४२,५००, म्यानेजमेन्ट : ३२,५००, सेक्युरिटी डिपोजिट : १००० (रिफन्डेबल)
१ हजार ४ सय विद्यार्थीलाई एउटा शैक्षिक सत्रमा लिएर पनि औसत ९५ दशमलव ८२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउनु सामान्य उपलब्धि होइन । विद्यार्थीको रुचिलाई ध्यान दिएर प्रयोगात्मक शिक्षा उपलब्ध गराउनु नै यो उच्च माविको सफलताको रहस्य हो । पढेका कुरा जीवन उपयोगी हुनुपर्छ भन्ने कुरामा यहाँका शिक्षकहरूले उत्प्रेरणा दिन्छन् भने विद्यार्थीले सोहीअनुसार मेहनत पनि गर्छन् । फलस्वरूप प्रत्येक वर्ष यो विद्यालयको नतिजा उत्कृष्ट रहँदै आएको छ । विद्यार्थीबीच अन्तक्र्रिया गराई शिक्षक मिडिएटरको भूमिकामा बसी अध्यापन गराउनु काठमाडौं मोडल कलेजको अर्को विशेषता हो । 

५. ग्लोबल कलेज अफ म्यानेजमेन्ट


सिट संख्या : ८ सय, संकाय : म्यानेजमेन्ट, मासिक शुल्क : ७,०००, भर्ना शुल्क : १,५०००
अन्य शुल्क : ५५,०००
स्थापनाकालदेखि नै उत्कृष्ट कलेजमा दरिँदै आएको छ— काठमाडौंको मध्यबानेश्वरस्थित ग्लोबल कलेज अफ म्यानेजमेन्ट । म्यानेजमेन्टमात्र अध्यापन गराउने यो कलेजले आफूलाई ‘ब्रान्ड’का रूपमा स्थापित गराइसकेको छ । ‘स्थापनाकालदेखि नै हामीले ९० प्रतिशतभन्दा माथि रिजल्ट ल्याइरहेका छौं,’ कलेजका प्रिन्सिपल अम्बादत्त जोशी भन्छन्– ‘विगत तीन वर्षमा हाम्रो रिजल्ट ९७ प्रतिशत छ ।’ ग्लोबल कलेजले एकेडेमिकसँगै ईसीए एक्टीभिजिटिजलाई पनि प्राथमिकतामा राख्दै आएको छ । आफ्नै भवन रहेको यो कलेजका कक्षाकोठाहरू आधुनिक प्रविधियुक्त छन् । ‘हरेक कक्षाकोठामा हामीले प्रोजेक्टरको व्यवस्था गरेका छौं,’ जोशी भन्छन्– ‘हामी स्किल सिकाउने कुरामा विशेष जोड दिन्छौं । सबै विषयमा अनिवार्य प्रिजेन्टेसन गराउँछौं ।’ यसले सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मकमा लान ठूलो भूमिका खेलिरहेको जोशीले बताए । ग्लोबल कलेज इन्फास्ट्रक्चरका दृष्टिकोणले पनि अब्बल छ । वेलम्यानेज लाइबेरी, कम्प्युटर ल्याब, सुविधासम्पन्न क्यान्टिन आदि ग्लोबल कलेज अफ म्यानेजमेन्टका अन्य विशेषता हुन् ।
 

६. सैनिक महाविद्यालय

सिट संख्या : ३ सय ६०, विज्ञान : १ सय ६०, व्यवस्थापन : १ सय ६०, मानविकी : ४०,
भर्ना शुल्क, विज्ञान : छात्र— २१,४१४, छात्रा— १९,६७३ , व्यवस्थापन र मानविकी : छात्र— १८,५५५, छात्रा— १६,८३७, मासिक शुल्क विज्ञान : छात्र— १३,८६३(छात्रावास), छात्रा— ५,७६३ 
व्यवस्थापन र मानविकी : छात्र— १३,७८०, छात्रा— ५,६८०, अन्य शुल्क : १०,००० (रिफन्डेबल) ।
 ६० प्रतिशत सैनिक परिवार तथा ४० प्रतिशत गैरसैनिक परिवारका विद्यार्थीले अध्ययन गर्ने यो महाविद्यालयमा अन्य निजी उच्च माविको जस्तो छानेर विद्यार्थी भर्ना गर्ने छुट छैन । ‘हामीले विभिन्न क्षेत्रबाट आएका फरक–फरक क्षमताका विद्यार्थीलाई अध्ययापन गराउनुपर्ने बाध्यता छ ।’ महाविद्यालयका प्राचार्य कुमार गुरुङ भन्छन्– ‘प्रतिस्पर्धा पनि विद्यार्थीबीच नभएर तोकिएको तहबीच हुन्छ, त्यहाँबाट छानिएका विद्यार्थी सबैलाई उत्तीर्ण गराउन सक्नु नै हाम्रो फरक क्षमता हो ।’ अधिकांश शिक्षक स्थायी र आवासीय हुनु अनि छात्र सबै र कमजोर छात्राहरूलाई अनिवार्य आवासीय सुविधा दिएर उनीहरूको समस्या पहिचान गरी त्यसको समाधान गर्नु नै आफ्नो सफलताको रहस्य भएको गुरुङ बताउँछन् ।  
(प्रत्येक संकायमा महाविद्यालयका स्टाप तथा सैनिक अधिकृतका परिवारलाई ५० प्रतिशत, पदिकलाई ६५ प्रतिशत, अन्य दर्जालाई ८० प्रतिशत र वीरगति प्राप्त परिवारका छोराछोरीलाई शतप्रतिशत छुट छ ।) 

७. सगरमाथा उमावि


सिट संख्या : ३ सय ३६, विज्ञान : १ सय २६, व्यवस्थापन : २ सय १०, भर्ना शुल्क विज्ञान : ३०,०००, व्यवस्थापन : २२,०००, मासिक शुल्क विज्ञान : ३,५००, व्यवस्थापन : ३०००

काठमाडौं उपत्यकाका कलेजहरूलाई लामो समयदेखि टक्कर दिने कलेजका रूपमा अगाडि आएको छ पोखरास्थित सगरमाथा कलेज । पोखराको मेरिल्यान्ड, विराटनगरको कोवास, दाङको गोर्खा इन्टरनेसनलले पनि लामो समय उत्कृष्ट १० मा कब्जा जमाए तर पछिल्ला केही वर्षदेखि सगरमाथा थप सशक्त हँुदै आएको छ । गत वर्ष १० औं स्थानमा रहेको सगरमाथा यस वर्ष तीन स्थानमाथि उक्लिएर ७ औं स्थानमा पुगेको छ । लगानीकर्ताहरूले नै शैक्षिक तथा प्रशासनिक वागडोर सम्हालेका कारण आफूहरू सफल भएको प्रिन्सिपल धनबहादुर थापा बताउँछन् ।  हामी संस्थापकहरू आफैं फुल टाइमर शिक्षक छौं, साथै सबैले कुनै न कुनै विषयमा विशेषज्ञता हासिल गरेका छौं । थापा भन्छन्– लगानीकर्ता आफंै पठन–पाठनमा पूरै समय संलग्न भएपछि प्रत्येक विद्यार्थीलाई काउन्सिलिङ गराउन पनि सहज हुन्छ भने विद्यार्थीको अनुशासनलाई पनि कलेजले राम्रोसँग मोनिटरिङ गर्दै आएको छ ।
 

८. एनसीसीएस उमावि

संकाय : म्यानेजमेन्ट, सिट संख्या : ५ सय, मासिक शुल्क : ३,५०० 
भर्ना शुल्क : ३,००० , अन्य शुल्क : २५,५००
पकनाजोलस्थित एनसीसीएस कलेज निरन्तर राम्रो नतिजा दिने कलेजमा रूपमा परिचित छ । कलेजका प्रिन्सिपल प्रज्वल बानियाँ विद्यार्थीलाई रिजल्ट बेरिएन्ट सिकाइमा फोकस गरिएको बताउँछन् । विद्यार्थीको अनुशासन र मेहनत अनि शिक्षकहरूको सहजीकरण नै राम्रो नतिजाको कारण भएको उनको तर्क छ । यहाँको अध्यापनलाई शिक्षक एवं विद्यार्थीको सहकार्य एवं व्यवस्थापनले तयार पार्ने विद्यार्थीमैत्री वातावरणले थप प्रभावकारी बनाउँदै लगेको छ । फ्यासिलिटी तालिम, कम्प्युटर प्रशिक्षण, होटल म्यानेजमेन्टसम्बन्धी ट्रेनिङहरूका साथ आइटीसम्बन्धी ट्रेनिङ यो कलेजका विशेषता हुन् । भौतिक पूर्वाधारको राम्रो व्यवस्था भएको यो कलेजमा उपलब्ध हुने फ्यासिलिटिज, ल्याब इन्टरनेसनल, कम्प्युटर ल्याब, हार्डवेयर प्राक्टिकलका साथ लाइबेरी आदिको सुविधा विशेष रहेको प्रिन्सिपल बानियाँको भनाइ छ ।

९. जेभियर एकेडेमी


सिट संख्या : ३ सय ४०, विज्ञान : २ सय, व्यवस्थापन : १ सय ४०
भर्ना शुल्क : २०,०००, मासिक शुल्क, विज्ञान : ७,००० व्यवस्थापन : ६,००० 
अन्य शुल्क : ४३,०००
विज्ञान तथा व्यवस्थापन संकायमा अध्यापन हुने जेभियर एकेडेमीमा एक शैक्षिक सत्रमा ३ सय ४० जना विद्यार्थी भर्ना लिइन्छ । विज्ञानमा २ सय तथा व्यवस्थापनमा १ सय ४० विद्यार्थी भर्ना हुने जेभियरका प्रशासकीय प्रमुख प्रकाश श्रेष्ठ बताउँछन् । लामो समयदेखि उत्कृष्ट परीक्षाफल प्राप्त गर्दैै आएको यो विद्यालयले विद्यार्थीको आन्तरिक क्षमता पहिचान गरी सोहीअनुसार अध्यापन गराउँदै आएको छ । ‘हप्तामा एक दिन अतिरिक्त कक्षा, विद्यार्थीहरूको आन्तरीक क्षमता पहिचान एवं सोहीअनुसार उनीहरूको व्यक्तित्व विकास गर्न दिइने प्रोत्साहन नै हाम्रो सफलताको रहस्य हो ।’ श्रेष्ठ भन्छन्– विद्यार्थीको मेहनत एवं अभिभावकहरूको निरन्तर खवरदारी पनि हाम्रो सफलताको अर्को कडी हो ।

 

१०. मोडर्न बोर्डिङ उमावि

सिट संख्या : २ सय २०, संकाय : व्यवस्थापन, भर्ना शुल्क : ८,०००, मासिक शुल्क : २,७००,
अन्य शुल्क : ७,४००
विद्यार्थी आफैंले आफूलाई बाँध्ने अनुशासन, लगानीअनुसारको मेहनत एवं प्रत्येक दिन एक पिरियडको अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्छ । त्यसमाथि व्यवहारिक अध्ययनलाई विभिन्न प्रोजेक्ट वर्क तथा नयाँ–नयाँ रिसर्चले शिक्षक तथा विद्यार्थीलाई थप ऊर्जा दिने प्राचार्य अनिल कसपाल बताउँछन् ‘विद्यार्थीको मेहनत र अनुसासन नै प्रमुख कुरा हो ।’ कसपाल भन्छन्– ‘विद्यार्थीहरूको मेहनतलाई सहजीकरण गरी दिएर उनीहरूलाई ऊर्जा दिने काम हामी गर्छौं ।’ व्यवस्थापनअन्तर्गत होटल म्यानेजमेन्ट, ट्राभल्स एन्ड टुरिज्म, बिजनेस स्टडी तथा कम्प्युटर साइन्स अध्यापन हुने यो विद्यालयमा तुलनात्मक रूपमा भर्ना तथा मासिक शुल्क कम लिइन्छ । व्यवस्थापन मात्र अध्यापन भैरहेको यो विद्यालयमा आगामी शैक्षिक सत्रदेखि मानविकी तथा कानुन विषय पनि थपिँदैछ ।

 

कम छैनन् यी पनि

लामो समयदेखि उत्कृष्ट १० भित्र पर्दै आएका कतिपय विद्यालय थोरै प्रतिशतका आधारमा १० भित्र समेटिन सकेका छैनन् । यसो भन्दैमा यिनीहरूको परीक्षाफल नराम्रो छ भन्ने होइन । प्रतिशतका आधारमा हेर्दा केही दशमलव फरक परेर उत्कृष्ट १० भित्र पर्न नसकेको माध्यमिक विद्यालयहरूमा लिटिल एन्जल उमावि, युनाइटेड एकेडेमी तथा रिलाइन्स इन्टरनेसनल उमावि छन् । त्यसैगरी ट्रिनिटी इन्टरनेसनल, जेभियर इन्टरनेसनल, सेन्ट लरेन्स, मेरिल्यान्ड उच्च मावि, विराटनगर, काठमाडौं बनहर्ट, एम्बिसन एकेडेमी एव. मुनलाइट बोर्डिङ स्कुल, सातदोबाटो उत्कृष्ट २० भित्र समेटिन सफल छन् । उत्कृष्ट २० भित्र पर्न सफल कतिपय कलेज नयाँ छन् । विगतमा राम्रो नतिजा ल्याइरहेको गोर्खा इन्टरनेसनल स्कुल घोराहीलाई आर्थिक वर्ष ०७२/०७३ को परीक्षाफलले धोका दिएको छ । विगतमा राम्रो रिजल्ट भए पनि यो वर्ष उसले ६० प्रतिशत रिजल्ट पनि मुस्किलले पुर्‍याउँदा २१ औं स्थानमा सीमित भयो । त्यसो त कम विद्यार्थी भर्ना गराएर सत प्रतिशत परिणाम ल्याउने विद्यालय पनि उत्तिकै छन् तर मापदण्डभित्र नपर्दा तिनीहरूलाई यसमा समावेश गर्न सकिएको छैन ।

क्र.संउमाविको नाम५ वर्षको औसत %
११लिटल एन्जल्स उमावि, हात्तीवन९१.३७
१२युनाइटेड एकेडेमी, कुमारीपाटी९१.१२
१३ रिलाइन्स इन्टरनेसनल उमावि, चाबहिल९१.०२
१४ट्रिनिटी इन्टरनेसनल उमावि, डिल्लीबजार८९.९३
१५ जेभियर इन्टरनेसनल उमावि, कालोपुल८९.१५
१६ सेन्ट लरेन्स उमावि, चावहिल८७.८७
१७मेरिल्यान्ड उमावि, विराटनगर ८७.७७
१८काठमाडौं बर्नहार्ट उमावि, बल्खु८७.१५
१९ एम्बिसन एकेडेमी, पुरानो बानेश्वर८७.०४
२०मुनलाइट बोर्डिङ स्कुल, सातदोबाटो८६.२०

 

प्रकाशित :असार ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्