वर्षाको के मज्जा के नमज्जा ?

- साप्ताहिक संवाददाता

असार ६, २०७४-
मज्जा : वर्ष दिनको पर्खाइपछि आउने वर्षा, गर्मीमा शीतलता भरिएर मनै आनन्दित हुने तथा हरियाली । नमज्जा : ढल व्यवस्थापन नगरिएको काठमाडौंको हिलो । 
सान्द्रा पुन, हेयर स्टाइलिष्ट

रोमान्स मज्जा, हिलो नमज्जा ।
किशोर घिमिरे, गीतकार

गर्मीले तातेका बेला वर्षाबाट प्राप्त हुने शीतलताका अगाडि सबै नमज्जा ओझेलमा पर्छन् ।
नवल नेपाल, निर्देशक

वर्षामा भिज्न, घरको बेडमा बसेर कफी पिउन, लङ ड्राइभ जान मज्जा लाग्छ, तर काठमाडौंको हिलोचाहिँ नमज्जा ।
श्रद्धा प्रसाईं, अभिनेत्री

तातो चिया पिउन, सामान्य भिजेकी युवती र उनको भिजेको केश हेर्न मज्जा लाग्छ, हिलो देख्दा भने नमज्जा लाग्छ ।
सागरराज, निर्देशक

मुठी छरेर मुरी उब्जाउने सिजन, आहा कति मज्जा, हिलो–मैलो, झरी–वर्षा, बाढी–पहिरो, यात्रामा कठिनाइ नमज्जा ।
थापा वसन्त, गीतकार

शीतलता, रोमान्टिक झरीमा आफ्नो प्रेमीको निकै याद आए जस्तो हुने । न्यानो ओछ्यानमा आफूलाई मनपर्ने चलचित्र हेर्दै मासुको परिकार खाइरहूँझैं लाग्ने । वर्षाले मेरो मुड सेक्सी र रोमान्टिक बनाउँछ । यद्यपि चिटिक्क परेर हिंड्दा जुत्ता, पहिरन अनि मेकअप बिग्रने डर । बाटोको त कुरा के गर्नु ?
ओशिन भट्टराई, अभिनेत्री

वर्षाको बेला राति झमझम पानी परेको मज्जा, अनि दिनभरि आकाश खुलेको । काठमाडौंको सडकमा दिउँसो पानी पर्दाको अवस्था पनि त अप्ठ्यारै छ । त्यसैले वर्षा त राति नै होस ।
डीपी खनाल, गीतकार

वातावरण सफा अनि तापक्रम पनि सन्तुलित हुनु मज्जा । पानी बढी पर्दा बाटोमा हुने हिलो–पानी, पहिरो अनि बाढी नमज्जा ।
सोहित मानन्धर, अभिनेता

वर्षाले वातावरण शीतल बनाउँछ । झमझम पानी पर्दा मन परेको मानिस साथमा भए झनै मज्जा हुन्छ, तर बाइकमा कतै निस्कँदा पानी पर्‍यो भनेचाहिँ साह्रै झुर लाग्छ । 
गजित विष्ट, अभिनेता

रुझ्दै हिंडन मज्जा, तर हिंड्दा बाटोको हिलोले लुगा फोहोर बनाउँदा नमज्जा ।
वर्षा बस्नेत, सञ्चारकर्मी

पानी परेपछि काठमाडौंमा धूलो उड्दैन, त्यो मज्जा हो । पानी परेपछि बाटो हिलाम्मे हुन्छ, योचाहिँ नमज्जा । 
भोलाराज सापकोटा, अभिनेता

भिज्न मज्जा, रुझ्न नमज्जा ।
रवन्द्रिसिंह बानियाँ, अभिनेता

 

प्रकाशित :असार ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्