ऐश्वर्याको चाहना

- एजेन्सी

असार ६, २०७४-

ऐश्वर्या राय बच्चनले आफ्नो अभिनय करियरमा ३० भन्दा बढी चलचित्र, अन्तर्राष्ट्रिय प्रोजेक्ट तथा तमिल चलचित्रमा समेत काम गरिसकेकी छिन् । अहिले आएर उनले मराठी चलचित्रमा काम गर्न मन लागेको बताएकी छिन् ।

तलिम चलचित्र ‘इरवर’ मार्फत अभिनय क्षेत्रमा आएकी ऐश्वर्या ‘और प्यार हो गया’ मार्फत बलिउडमा प्रवेश गरेकी हुन् । ऐश्वर्याका अनुसार चलचित्रको स्क्रिप्ट रोमाञ्चक भए भाषाले बाधा पार्दैन । हालै एउटा चलचित्रको एल्बम सार्वजनिक समारोहमा ऐश्वर्याले तमिल चलचित्रबाट करियर प्रारम्भ गरेकाले मराठी चलचित्रमा अभिनय गर्न इच्छुक भएको बताएकी हुन् ।

‘यदि मलाई पटकथा राम्रो लाग्यो भने अन्य भाषाझैं मराठी चलचित्रमा पनि काम गर्नेछु, ऐश्वर्याले भनेकी छिन्– ‘म धाराप्रवाह मराठी बोल्न सक्दिनँ, तर म यो भाषा बुझ्छु ।

 

प्रकाशित :असार ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्