प्रेमगीत २ ट्रेलर लन्च

- साप्ताहिक संवाददाता

असार ५, २०७४-
साउन १३ गते देखि प्रदर्शनमा  आउने प्रेमगीत २ को ट्रेलर रिलिज भएको छ । नेपाल, थाइल्यान्ड र म्यानमारसँग जोडिएको प्रेम चलचित्रको मुख्य कथा रहेको निर्देशक रामशरण पाठकले जानकारी दिए । थाइल्यान्डको प्रेम नेपालसँग छ र नेपालको प्रेम म्यानमारसँग छ । हरेक पात्रको उद्देश्य प्रेमसँग गाँसिएको छ र द्धन्द्ध प्रेमबाटै सुरु छ, पाठकले भने । 

अभिनेताको रुपमा डेब्यु गरेका निर्माता सन्तोष सेन एक्सन अवतारमा देखिएका छन् । ट्रेलरमा आफूलाई भिलेनको रुपमा देखाइएपनि वास्तविक पात्रको परिचय भने फिल्मले दिने उनले बताए । अभिनेता प्रदीप खड्का फिल्ममा प्रेमको रोलमा छन् । उनले भने– पहिलो भागमा प्रेमका लागि बलिदानको प्रसंग थियो । यसपटक बलिदानले मात्र हुँदैन भन्ने देखाइएको छ । 

डेब्यु अभिनेत्री अश्लेषा ठकुरीले दर्शकको प्रतिक्रिया सुन्न आफू आतुर भएको बताइन् । ‘म दर्शकको रिभ्यू सुन्न आतुर छु र फिल्म दर्शकको मन जित्ने ढंगले बनेको छ’ उनले भनिन् । 
झन्डै २ मिनेट लामो ट्रेलरमा म्यानमार, नेपालको रारा र थाइल्यान्डका मनोमोहक दृश्य समेटिएको छ । 

आशुसेन फिल्मस प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो सिनेमाको सम्पादन बनिश शाह र भूपेन्द्र अधिकारीले गरेका छन् भने पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । चलचित्रको पटकथा र संवाद निर्देशक पाठककै रहेको छ । 
प्रेमगीत २ को ट्रेलर

 

प्रकाशित :असार ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्