पहिलो भेटको सम्झना

- साप्ताहिक संवाददाता

असार ४, २०७४-

अभिनेता राजेश हमाललाई उनकी धर्मपत्नी मधु भट्टराईले पहिलो पटक भेटेको अवसर कुन थियो होला ? आफ्ना श्रीमान् तथा अभिनेता हमालसँग आफ्नो जीवनकै पहिलो विज्ञापनमा अभिनय गर्ने क्रममा मधुले सम्झिइन्—‘युनिलिभरको लक्स ब्युटी कन्टेस्ट ।’ संयोगले मधुलाई मोडल बनाउने काम पनि युनिलिभरले नै गरेको छ । युनिलिभरको ह्वील ओके साबुनको विज्ञापनमा मधुले हमालसँगै स्क्रिन सेयर गरेकी छिन् ।

लुगा धुने साबुनको उक्त विज्ञापनमा मधु र हमालले दोहोरो संवाद गरेका छन् । त्यसक्रममा मधुले श्रीमान्बाट अभिनयको टिप्ससमेत प्राप्त गरिन् । अभिनयमा खासै रुचि नभए पनि श्रीमान्सँगै काम गर्ने मौका पाएकाले आफू विज्ञापनका लागि तयार भएको मधुको तर्क छ । ‘यो मधुको पहिलो प्रयास हो, हमालले श्रीमतीको अभिनयको मूल्यांकन गर्दै भनेका छन्– ‘उनलाई अभिनयमा खासै रुचि छैन तै पनि पहिलो पटक यो विज्ञापनमा राम्रो काम गरेकी छिन् ।’ 

 

प्रकाशित :असार ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्