प्रियंकाको पक्षमा सनी

- एजेन्सी

असार ३, २०७४-

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बर्लिनमा भेटघाट गर्दा अभिनेत्री प्रियंका चोपडाले लगाएको पहिरनको चौतर्फी आलोचना भएको छ । भेटघाटका क्रममा प्रियंकाले निकै छोटो पहिरन लगाएकोमा धेरैले चित्त बुझाउन सकेनन् ।

सामाजिक सञ्जालमा प्रियंकाविरुद्ध आलोचनाको बाढी आउन थालेपछि अभिनेत्री सनी लियोनले उनको बचाउ गरेकी छिन् । सनीका अनुसार प्रधानमन्त्री मोदीलाई प्रियंकाको पहिरन मन नपरेको भए उनले तत्कालै प्रतिक्रिया जनाउने थिए, तर उनले त्यसो गरेनन् । प्रियंकाको प्रशंसा गर्दै सनीले भनेकी छिन्– ‘म उनलाई राम्रोसँग चिन्छु, उनलाई वरिष्ठ व्यक्तित्वहरूसँग कसरी भेटघाट गर्नुपर्छ भन्ने कुराको राम्रो जानकारी छ । म प्रियंकालाई उनको पहिरनका कारण होइन, उनको कामका कारण प्रशंसा गर्छु ।’ 

 

प्रकाशित :असार ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्