मेरो चरित्रमाथि शंका नगर

  • पूजा शर्माको प्रश्न, पल शाहको उत्तर

- साप्ताहिक संवाददाता

असार ३, २०७४-
मसँग हुँदा तिमी अरू केटीतिर फर्की–फर्की हेर्छौ । यो तिम्रो बानी हो कि तिम्रो नियत नै खराब छ ?
म मात्र होइन, यो हामी छोरा मानिसहरूको नेचर नै हो । कुनै राम्री केटी देखिनु भनेको मेरा लागि घटना घट्नु हो । घटना घटेपछि मेरो ध्यान त्यता गएको मात्र हो । 
 

आफ्नी गर्लफ्रेन्डको अघि पनि त्यस्तो फ्लर्टिङ गर्छौ ?
गर्लफ्रेन्डलाई माया गर्नु र अरूसँग फ्लर्ट गर्नु फरक कुरा हुन् । म उनलाई असाध्यै माया गर्छु भने अरूसँग फ्लर्ट गर्न पाउनु मेरो अधिकार हो, तर म फ्लर्ट गर्दिनँ । हेर्दैमा फ्लर्ट गरेको हुन्छ र ?
 

तिमी ट्वाइलेटमा धेरै समय बिताउँछौ, किन ?
म ट्वाइलेटलाई संसारमा कसैले डिस्टर्ब नगर्ने, पर्याप्त स्वतन्त्रता पाइने स्थान मान्छु । कमोटमा बसेर मोबाइलमा गेम खेल्दै समय बिताउँदा टेन्सन हराएको महसुस हुन्छ । 
 

म यस्तो गीत गाउँछुमा मैले तिमीलाई दु:ख दिएँ ?
निकै सपोर्ट गर्‍यौ नि । आँसु निकाल्नेदेखि लिएर संवाद बोल्दा रोकिने शैलीसमेत सिकायौ । तिमी मेरा लागि एक पर्फेक्ट कोएक्टरका रूपमा देखा पर्‍यौ । 
 

हामीलाई पहिलो पटक साथै पर्दामा ल्याउने सुदर्शन थापाका बारेमा एक शब्दमा भन्नुपर्दा ? 
एक होइन दुई शब्दमा भन्छु, हम्बल एन्ड क्रिएटिभ । 
 

कुनै बेला कुनै केटीलाई लिएर राति बाहिर कतै गएका छौ ? 
केटीलाई लिएर रे ? म त्यस्तो देखिन्छु र ? हामी केटा साथीहरू जम्मा भएर कतै रमाइलो गर्न धेरै पटक गएका छौं, तर केटीलाई लिएर ? ओहो † यो कस्तो प्रश्न हो ? मेरो चरित्रमाथि शंका नगर न पूजा । 
 

जोनी जेन्टलम्यान र म यस्तो गीत गाउँछुमध्ये एउटा रोज्नुपर्दा ?
दुवै मेरै चलचित्र हुन् । त्यसैले असार २३ का लागि म यस्तो गीत गाउँछुलाई महत्व दिन्छु र भदौ ३० का लागि जोनी जेन्टलम्यानलाई । 
 

मेरा बारेमा तीनवटा राम्रा कुरा ?
सबैलाई माया गर्ने, हेर्दा घमन्डी लागे पनि तिमी निकै प्यारी छ्यौ । तिम्रो स्वर मीठो छ, राम्रो गीत गाउँछ्यौ । तिमी एक असल र राम्री अभिनेत्री हौ ।
 

नराम्रो कुरा पनि होला नि ? 
जो कसैलाई पनि तुरुन्तै विश्वास गरिहाल्छ्यौ । आत्तिने र नर्भस हुने बानी छ । विशेष गरी काम गरेको रिजल्ट कस्तो आउला, कसले के भन्ला भनेर डराइरहन्छ्यौ । मेरो सुझाव के छ भने हामीले आफ्ना तर्फबाट शतप्रतिशत दिने हो, रिजल्ट जस्तो आउँछ स्विकार गर्न सक्नुपर्छ । स्लिम देखिने चक्करमा खानपिनप्रति वास्ता गर्दिनौ ।

 

प्रकाशित :असार ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्