बिच्छी रानी

- एजेन्सी

असार २, २०७४-

थाइल्यान्डकी कान्चना काइत्क्युलाई बिच्छी रानी उपनामले चिनिन्छ । विषालु बिच्छीसँग आत्मीय सम्बन्ध राखेर उनले गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा दुईवटा कीर्तिमान बनाइसकेकी छिन् । थाइल्यान्डका तर्फबाट दुई विधामा कीर्तिमान बनाउने उनी एक्लो महिलासमेत हुन् ।

कान्चनाले केही समयअघि १२ मिटरको बक्समा ५० हजार बिच्छीसँग ३३ दिन  बिताएकी थिइन् । विषालु बिच्छीसँग लामो समय बिताउने कीर्तिमान् कायम गरेकी कान्चनाले हालै विषालु बिच्छीलाई मुखभित्र ३ मिनेट २८ सेकेन्ड राखेर एउटा नयाँ कीर्तिमान बनाइन् । कान्चनाका अनुसार विश्वमा २ हजार प्रजातिका बिच्छी पाइन्छन्, जसमा ४० प्रजातिका बिच्छी अत्यधिक विषालु हुन्छन्, तर बिच्छीलाई खतराको अनुभव नभएसम्म उसले केही पनि गर्दैन भन्ने उनको अनुभव छ ।

 

प्रकाशित :असार २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्