मैले केही नराम्रो देखाएँ जस्तो लाग्दैन

  • ज्योति मगरसँग फटाफट

- गोपाल काफ्ले

असार २, २०७४-

तपाईंको नामको अर्थ के हो ? 

प्रकाश ।

 

ज्योति मगर र सनी लियोनको अंग प्रदर्शनमा के फरक छ ?

सनीलाई विश्वले चिन्छ, मलाई नेपालीले मात्र । सबै नारी एकैनासका हुँदैनन् । मैले सनीले जस्तो देखाउनै नहुने कुरा देखाएकी छैन । 

 

ज्योति मगर स्टेजमा मर्यादा राख्दिनन् भन्छन् नि ? 

हो र ? सुनेर दु:ख लाग्यो ! यद्यपि ओहो च्वाक रहेछ, सेक्सी रहेछ– भन्दैमा मर्यादाको प्रश्न उठाइन्छ भने मलाई भन्नु केही छैन । 

 

बाबु–आमाले रिल्याक्स गर्दा–गर्दै जन्मिएको जस्ता शब्द बोल्नुहुन्छ नि ?

यो त ध्रुव सत्य हो ! सत्य कुरा गर्न किन डराउनु ?

 

ज्योति छोटा लुगा लगाएर चर्चामा आउँछिन् भन्ने आरोप पनि छ ?

छोटा लुगा लगाउँदैमा चर्चामा आइन्छ भने त राम्रै कुरा हो । हाम्रो पालामा त त्यस्तो थिएन दु:ख गर्नुपथ्र्याे, गीतै गाउनुपथ्र्याे ।

 

तपाईंको कार्यक्रम परिवारसँग बसेर हेर्न पनि गाह्रो हुन्छ ? 

मैले त्यस्तो केही नराम्रो बोलेको, देखाएको जस्तो लाग्दैन ।

 

यति धेरै गायक–गायिकाको भीडमा ज्योतिकै मात्र चर्चा किन ? 

स्टेजसँग मेरो एकदमै राम्रो सम्बन्ध छ । म स्टेजसँग बढी खेल्न सक्ने भएर पनि होला । 

 

विवाह नगर्ने ? कस्तो केटा रोज्नुहुन्छ ? 

विवाह नगरी कसरी बस्नु ? जवानीको मज्जा त लिनुपर्‍यो नि † विवाह नै गर्न त मेरो मन छुने कोही त आउला नि ।

 

सेक्स के हो ? 

एकदमै सामान्य कुरा हो, मलाई त वास्तै लाग्दैन ।

 

तपाईंको उमेर ? 

छोरा मान्छेको आम्दानी र छोरीको उमेर नसोध्नु भन्छन् नि । 

 

स्लिम हुन मन लाग्दैन ? 

हड्डीको पछाडि त कुकुर मात्र लाग्छ । वनको सक्कली बाघ त मसलको पछाडि नै दौडन्छ ।

 

 

प्रकाशित :असार २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्