आज प्रदर्शित हुने चलचित्र किडन्याप

- साप्ताहिक संवाददाता

असार २, २०७४-

सात वर्षको एक बालकलाई गुन्डाहरूले किडन्याप गर्छन् । उक्त घटनाबाट पीडित पक्षले पाउने दु:ख र त्यसबाट पर्ने प्रभावको कथा हो चलचित्र— ‘किडन्याप’ । आज शुक्रबार देशभर एकसाथ प्रदर्शनमा आउने चलचित्र ‘किडन्याप’ को लेखन, निर्माण तथा निर्देशन फुर्पु छिरिङ गुरुङले गरेका हुन् ।

फुर्पुले आजभन्दा २५ वर्षअघि मनीषा कोइरालालाई लिएर चलचित्र ‘फेरि भेटौंला’ को निर्माण तथा निर्देशन गरेका थिए । यो चलचित्रमा बालकलाकार प्रबल शिवाकोटीको मुख्य भूमिका छ र उनकै वरिपरि चलचित्रको कथा घुमेको छ । पाँच दिनको कथा भनिएको चलचित्र किडन्यापमा बालकलाकार प्रबलले गुन्डाहरूलाई हँसाउने, फकाउने, तर्साउने र रुवाउने सबै काम गरेका छन् । किडन्यापपछि पर्ने सामाजिक, शैक्षिक, आर्थिक एवं राजनैतिक असरलाई यो चलचित्रमा रोचक ढंगले प्रस्तुत गरिएको छ ।

चलचित्र ‘किडन्याप’ लाई वी राज पीपीले खिचेका हुन् भने उनैले यसको सम्पादन पनि गरेका छन् ।

निर्देशक : फुर्पु छिरिङ गुरुङ

गीत–संगीत : फुर्पु छिरिङ गुरुङ

कलाकार : प्रबल शिवाकोटी, अञ्जली अधिकारी, सुभाष राई, भीम गुरुङ, सुरेश शिल्पकार, शिव नेपाली आदि ।

किडन्यापको ट्रेलर

 

 

प्रकाशित :असार २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्