प्रसिद्ध हुन (नाम कमाउन) के गर्नुपर्छ ?
असार १, २०७४
प्रियंका कार्की र त्यो को पो हो रे ? अलि अप्ठ्यारो नाम छ नि । हो उनीहरू जस्तै हुनुपर्छ ।
सुशील ओझा
नाम प्रसिद्ध राखे भैगो नि ।
गौरव
जनतालाई आशा देखायो, उच्च पदमा बस्यो, भ्रष्टाचार गर्यो, गुण्डा पाल्यो, अर्काको अधिनमा बस्यो, भारतको इसारामा चल्यो, आफ्नो अनि देशको बेइज्जति गर्यो । ठूलो नाम भैहाल्छ नि ।
धर्मानन्द शाह
यो जमानामा नाम कमाउन गतिछाडा काम गरे हुन्छ ।
रोमन खपांगी मगर
शुद्ध मनले कर्म गर्नुस् । कामलाई महत्वपूर्ण मान्नुस् । प्रसिद्ध भैहालिन्छ ।
राज श्रेष्ठ
क्रिष्टियानो रोनाल्डो र महेन्द्र सिहं धोनीसँग सेल्फी लिनुपर्छ ।
विजय
प्रसिद्ध हुन चाहिँ कन्या राशि हुनुपर्छ । नाम कमाउन ज्योतिषकहाँ जागिर खानुपर्छ ।
यज्ञराज
तरकारी बेच्नुपर्छ । तरकारीवाली जस्तै हिट भइन्छ ।
अनिता बिस्ट
मस्त निन्द्रामा सपना देख्नुपर्छ ।
विनोद रत्न
मोदीसँग सेल्फी हान्नुपर्छ ।
राजन
मीठा–मीठा कुरा बोल्न जान्नुपर्छ ।
जे एन दाहाल
केपी ओलीले जस्तै हावा गफ हान्नुपर्छ ।
बाबु क्याप्टेन
पहिले आफ्नो नाम राख्नुपर्छ ।
दिप्स
मानवता हुनुपर्छ ।
भैरव
नेताले जस्तो बोल्ने, काम केही नगर्ने । बाँकी केही गर्नै पर्दैन ।
विजय
आफ्नो कर्ममा रमाउन सक्नुपर्छ ।
समर
नेता बन्नुपर्छ ।
कुमार तामाङ
राम्रो काम तथा गोजीमा दाम हुनुपर्छ । कि त नेता हुनुपर्यो ।
गीता घिमिरे
आफ्नो कामप्रति लगनशीलता हुनुपर्छ ।
वर्षा गिरी
भीडभाड भएको ठाउँमा दिउँसै नाङ्गै प्रस्तुत भएर भाषण गर्नुपर्छ ।
पिके
न्वारन गर्नुपर्छ ।
एलेन
कि त एकदम राम्रो काम गर्नुपर्छ, कि त एकदम नराम्रो वा अनौठो काम गर्नुपर्छ ।
राजकुमार गिरी
कि त कुख्यात चोर–गुन्डा हुनुपर्छ, कि त कसैले नगरेको अनौठो काम गर्नुपर्छ ।
मोहन
आफ्नो प्रतिभा बुझेर लक्ष्य लिनुपर्छ, अरूलाई आफूसँग तुलना गर्नु हुँदैन ।
नारायण खनाल
नेपालमा प्रसिद्धि कमाउन कि नेता, कि अभिनेता, कि डन बन्नुपर्छ ।
विवेक
नेपालको सन्दर्भमा चाहिँ दादागिरी र गुन्डागर्दी गर्नुपर्छ ।
दीपक तामाङ
राजनीति गर्नुपर्छ ।
आवारा
कसैले नगरेको नयाँ काम गर्नुपर्छ सिधै चर्चित भइन्छ ।
शिवप्रसाद शर्मा
गुन्डा बन्नुपर्छ ।
बन्दिपुरे ठिटो
जसरी हुन्छ आफू शक्तिमा पुग्ने, सोझासाझा जनतालाई झुक्याउने र पाएसम्म कुम्ल्याउने ।
मधु सिलवाल
संघर्ष गर्नुपर्छ अनि चुनौतीहरू सामना गर्ने क्षमता हुनुपर्छ ।
दीक्षा वली
नाम पनि कमाउने चिज हो र ? यो त बोलाउने चिज पो हो त ।
धन
सबैको भलो हुने काम गर्नुपर्छ ।
रुप्स शर्मा
केही पनि नसोची सत्कर्म मात्र गर्ने ।
राजन दिल गुरुङ
नेपालमा त गफ मात्र दिए पुग्छ । काम गरिरहनु पर्दैन ।
उज्जवल श्रेष्ठ
प्रसिद्ध नाम राख्नुपर्छ ।
एम नेपाली
प्रकाशित :असार १, २०७४



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्