सुहायो प्रदीपलाई

- साप्ताहिक संवाददाता

जेष्ठ ३१, २०७४-  
जेठ १९ गतेले नेपालको इतिहासमा बेग्लै महत्व राख्छ । १६ वर्षअघि जेठ १९ कै दिन भएको दरबार हत्याकाण्डमा नेपालले राजा वीरेन्द्रसहित परिवारका अधिकांश सदस्य गुमाएको थियो । घटनापछि गठित समितिले तत्कालीन युवराज दीपेन्द्रलाई दोषी मान्यो । यद्यपि सर्वसाधारण जनता यो कुरामा विश्वास गर्न तयार छैनन् ।

घटना घटेको १६ वर्षपछि निर्माता सन्तोष सेन उक्त घटनामा आधारित चलचित्र निर्माण गर्न कस्सिएका छन् । ‘दीपेन्द्र सरकार’ शीर्षक राखिएको उक्त चलचित्रमा अभिनेता प्रदीप खड्काले दीपेन्द्रको भूमिका निर्वाह गर्दैछन् । गत जेठ १९ कै छेकोमा काठमाडौंमा आयोजित चलचित्रको घोषणा समारोहमा अभिनेता खड्काले युवराज दीपेन्द्रकै गेटअपमा प्रस्तुत भएर सञ्चारकर्मीहरूलाई आश्चर्यमा पारे । अधिकांशले प्रदीपलाई युवावस्थाका दीपेन्द्रझैं देखिएको प्रतिक्रिया दिए । विवेक शाहद्वारा लिखित ‘मैले देखेको दरबार’ पुस्तकमा आधारित हुने उक्त चलचित्रका लागि अभिनेता खड्काले आफ्नो तौल बढाउनुपर्ने भएको छ । चलचित्रमा दीपेन्द्रकी प्रेमिका अर्थात् देवयानीको भूमिका निर्वाह गर्ने कलाकारको नाम गोप्य राखिएको छ भने चलचित्रका निर्देशक पनि तय भैसकेका छैनन् । 

 

प्रकाशित :जेष्ठ ३१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्