काठमाडौंमा दुई नाटक

- साप्ताहिक संवाददाता

जेष्ठ ३१, २०७४-

महिला निर्देशक सिर्जना अधिकारीको निर्देशनमा नाटक ‘सलेदो’ अनामनगरस्थित मण्डला थियटरमा मञ्चन भैरहेको छ ।

असार ४ गतेसम्म मञ्चन हुने यो नाटकमा सुलक्षण भारती, अंकित खड्का, केनिपा सिंह, इगिहोपो कोइच सुनुवार, आयान खड्का, अनुप न्यौपाने, रोहित पौडेल तथा मिलन कार्कीले अभिनय गरेका छन् ।

त्यसैगरी जीवन बरालको निर्देशनमा नाटक ‘अनि देउराली रुन्छ’ बत्तीसपुतलीस्थित शिल्पी थियटरमा मञ्चन भैरहेको छ । असार ५ गतेसम्म मञ्चन गरिने नाटकमा निरज सुवेदी, लुनिभा तुलाधर, चन्द्रप्रसाद पाण्डेय, पवित्रा खड्का, अनिल सुब्बा, जान्वी बोहोरा, सुमन कुइँकेल, सफर पोखरेल आदि कलाकारले अभिनय गरेका छन् ।

 

प्रकाशित :जेष्ठ ३१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्