डा. खातेको ट्रेलर सार्वजनिक

- साप्ताहिक संवाददाता

जेष्ठ ३०, २०७४-

चलचित्र डा. खातेको ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सडक बालबालिका, घरेलु श्रमिक बाल हिंसा तथा बालश्रम बिरुद्धको आवाज प्रस्तुत गरिएको भनिएको चलचित्रको ट्रेलर बाल श्रम बिरुद्धको दिवसको अवसर पारी सार्वजनिक गरिएको हो ।

रवि अर्याल निर्देशित चलचित्रलाई रोशनी केसीले निर्माण गरेकी हुन् । आधा दर्जन चलचित्र र केही टेलिचलचित्रमा अभिनय गरिसकेकी रोशनीले यसै चलचित्र मार्फत निर्माणमा पनि हात हालेकी हुन् । साउन ६ गतेबाट प्रदर्शन हुने उक्त चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उनले आफु समाज सेवामा पनि सक्रिय रहीआएको र समाजकै कथालाई चलचित्रमा प्रस्तुत गरेको बताएकी छिन् । उनले सडक बालबालिकाको कथा बोकेको चलचित्रको प्रदर्शनबाट प्राप्त हुने रकमको केही प्रतिशत बालबालिकाकै बौद्धिक विकासमा खर्च गर्ने समेत जनाएकी छिन ।

यस्तै चलचित्रका काष्टिङ निर्देशक डव्वु क्षत्रीले सडक बालबालिकालाई अभिनयको लागि तयार गर्न निकै कठिन भएको बताए । उनले झण्डै एकदर्जन सडक बालबालिका मध्ये अमृत परियार, सन्तोष नेपाली, सुर्य गुरुङ र सुभाषलाई लामो समयको प्रशिक्षण पश्चात अभिनयमा उर्तान सफल भएको जनाए । 

चलचित्रमा चारजना सडक बालक सहित रोशनी केसी, सम्राट सापकोटा, सिल्पा पोखरेल, कुमार गजुरेल लगायतका कलाकारहरुको अभिनय रहेको छ । जगदिश्वर थापा र रवि अर्यालको लेखन रहेको चलचित्रमा दिव्य सुवेदीको छायाँकन, तारा थापा किन्भेको सम्पादन र सचिन सिंहको संगीत रहेको छ ।

 

प्रकाशित :जेष्ठ ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्