चलचित्र रुद्रको फष्टलुक पोस्टर सार्वजनिक

- साप्ताहिक संवाददाता

जेष्ठ ३०, २०७४-
निखिल उप्रेती प्रोडक्सनको ब्यानरमा तयार फिल्म रुद्रको रिलिज डेट हेरफेर भएको छ । यसअघि श्रावण २० मा प्रदर्शनको तयारी गरेको रुद्रले अब एक हप्ता पहिले श्रावण १३ मा रिलिज हुने भएको छ । फिल्मको फष्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शनको नयाँ मिति घोषणा गरिएको हो ।  

निर्देशक रामजी लामिछानेले कारणबस फिल्मको रिलिज एक हप्ता अघि सरेको बताए तर कारण खुलाउन चाहेनन् । तर यसको पछाडी वलिउड स्टार शाहरुख खान अभिनित फिल्म आउनुलाई मानिएको छ । श्रावण २० अर्थात अगष्ट ४ मा शाहरुख र अनुष्का शर्मा स्टार फिल्म ‘जब ह्यारी मिट सेजल’ ले आफ्नो रिलिज मिति तोकिसकेको छ । 

फिल्म रुद्रमा अभिनेता निखिल उप्रेति पहिलो पटक भिलेनको भुमिकामा प्रस्तुत छन् । सार्वजनिक फष्टलुक पोस्टरमा निखिलको एङ्ग्री लुक्सलाई प्रस्तुत गरिएको छ । मुख्य भूमिकामा रहेका डेब्यू अभिनेता अभिनेत्री द्वय विश्व शर्मा र सारा सिर्पालीलाई प्रेमभावमा देख्न सकिन्छ । 

हिमाल केसीको द्वन्द्व रहेको फिल्मलाई लभ स्टोरी प्लस एक्सन जनरामा लिइएको छ । फिल्ममा रोयदिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेल, शिशिर भण्डारी, अनिल पाण्डे समेतको अभिनय छ । सौरभ लामाले रुद्रको छायाँकन गरेका हुन् । 

 

प्रकाशित :जेष्ठ ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्