फेसन ट्रेड सम्पन्न

- राजाराम पौडेल

जेष्ठ २९, २०७४- 

पोखरामा वैशाख १ गतेदेखि सञ्चालित फेसन ट्रेड गत शुक्रबार सम्पन्न भएको छ । फेसियल हाउसले संयोजन गरेको फेसन ट्रेडमा प्रत्येक साता नयाँ किसिमका डिजाइन तथा न्यू प्रोडक्टहरूका साथै ब्युटिसियन सुष्मा महराद्वारा तयार पारिएको मेकअप तथा हेयर डिजाइनहरू प्रस्तुत भएका थिए । नौ साता चलेको फेसन ट्रेडमा ५० जना मोडल सहभागी भए । उनीहरूले विभिन्न गेटअपमा र्‍याममा उत्रँदै दर्शकको ध्यान तानेका थिए । 

अन्तिम हप्ताको कार्यक्रममा फेसन शोका अतिरिक्त लोकगायिका लक्ष्मी नेपाली, बिग आईकन–२०१६ का विजेता सुवास गुरुङ, सेकेन्ड रनर्सअप प्रिया गुरुङ, विजय खनाल, दिया सुनार आदिको सांगीतिक प्रस्तुतिका साथमा अप्सरा पनेरु, प्रीति शर्मा, युना महर्जनको नृत्य विशेष आकर्षणमा रहे । 

 

प्रकाशित :जेष्ठ २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्