सबैभन्दा सानो जोडी

- एजेन्सी

जेष्ठ २८, २०७४-
हिमाञ्चल प्रदेशमा हालै सम्पन्न विवाहले एक दम्पतीलाई भारतकै सबैभन्दा कम उचाइ भएको जोडीका रूपमा प्रस्तुत गरेको छ ।

सरकारी सेवामा कार्यरत ३४ वर्षीय राजेशकुमार र ३० वर्षीया सिल्जाकुमारीको मागी विवाह भएको थियो । साढे २ फिटका राजेश र सिल्जा होचो भएकै कारण आफूले जीवनसाथी नपाउने कुरामा चिन्तित थिए भने यो विषयलाई लिएर उनीहरूको परिवारमा समेत चिन्ता थियो । जीवनसाथीको निर्णय स्वर्गमै भएको हुन्छ भन्ने पूर्वीय धार्मिक मान्यताअनुसार आफूले जीवनसाथी पाएको राजेश बताउँछन् ।

दुवै दम्पतीको उचाइ जोड्ने हो भने ५ फिट हुन्छ  उचाइअनुसार जीवनसाथी पाएका कारण परिवारका सदस्यहरूले उनीहरूको विवाह धूमधामसँग गरिदिएका थिए । 

 

प्रकाशित :जेष्ठ २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्