साम्राज्ञीकी मम्मीको फुली खस्यो
जेष्ठ २८, २०७४
‘ड्रिम्स’ चलचित्रबाट उदाएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह सर्वाधिक व्यस्त एवं चर्चित अभिनेत्री भैसकेकी छिन् । उनलाई जन्म दिने साम्राज्ञीकी मम्मी नेहा राज्यलक्ष्मी शाह छोरीलाई हुर्काएर नेपाली चलचित्रकी व्यस्त एवं चर्चित अभिनेत्री बनाइसकेपछि आफुले अधुरो छाडेको गायन करियरलाई अगाडि बढाउन थालेकी छिन् ।
सानैदेखि गायनमा रुची भएकी नेहाले यसै साता आफ्नो म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । धेरै अघि रेकर्डिङ गरिएको ‘फुली’ गीतमा कल्याण सिंहको संगीत, बसन्त वित्यासी थापाको शब्द र गोपाल रसाइलीको एरेञ्ज रहेको छ । म्युजिक भिडियोमा मोडल रमिला अधिकारीले अभिनय गरेकी छिन् ।
फुलीको म्युजिक भिडियो
प्रकाशित :जेष्ठ २८, २०७४
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्