लेट मी डान्स नेपालमा विष्णु मगर

- साप्ताहिक संवाददाता

जेष्ठ २७, २०७४-
नृत्यमा आधारित प्रतियोगिता लेट मि डान्स नेपाल सिजन–२ को उपाधि म्याग्दीकी विष्णु मगरले जितेकी छिन् ।

प्रज्ञा–प्रतिष्ठानमा सम्पन्न निर्णायक प्रतियोगितामा ८ जना प्रतिस्पर्धीलाई पछि पार्दै विष्णुले ३ लाख रुपैयाँसहितको पुरस्कार हात पारेकी हुन् । त्रिकाल आर्ट एकेडेमी तथा मिटिङ प्वाइन्ट नेपालको संयुक्त आयोजनामा सञ्चालित उक्त प्रतियोगितामा दाङकी खिमा काउचा मगर फस्ट रनर्सअप तथा दाङकै योगेश श्रेष्ठ सेकेन्ड रनर्सअप भए । ललितपुरका अभिषेक महर्जनले थर्ड रनर्सअपमा चित्त बुझाए ।

 

प्रकाशित :जेष्ठ २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्