अमेरिकामा गुन्जियो सुन साइँली

- शिव शर्मा

जेष्ठ २७, २०७४-
गायक हेमन्त रानाले सुन साइँली गाएसँगै कार्यक्रम स्थल स्तब्ध भयो । अमेरिकाको टेक्सास राज्यको राजधानी अस्टिनमा आयोजित नेपाली कल्चरल शोमा राना नै मुख्य आकर्षण थिए । साँझ ६ बजे प्रारम्भ भएको कन्सर्ट मध्य रातसम्म चल्यो । रानाको गीतमा दर्शकदीर्घाबाट वान्समोरको वर्षा नै भयो ।

साइँली टुर लिएर अमेरिका यात्रामा निस्किएका गायक रानालाई त्यसअघि टेक्सासकै डालसमा भएको कन्सर्टमा पनि दर्शकले उस्तै साथ दिए । पूर्व मिस नेपाल अर्थ नग्मा श्रेष्ठले स्पेसल गेस्टका रूपमा होस्ट गरेको उक्त कार्यक्रममा डिजे विश्वले छानेका गीतमा पनि दर्शक उफ्रिए । कार्यक्रममा विभिन्न कल्चरल शोसमेत प्रस्तुत गरिएको थियो । न्युयोर्कबाट सुरु भएको साइँली टुर, वेस्टर, बोस्टन, ओक्लोहोमा, बाल्टीमोर हँुदै टेक्सास पुगेको हो । अमेरिकामै साप्ताहिकसँगको भेटमा गायक रानाले भने— ‘दर्शकको मायाले निकै उत्साही बनाएको छ ।’ अमेरिकाको यात्रापछि सांगीतिक टुरका लागि क्यानाडा हँुदै युरोप पुग्ने उनले जानकारी दिए ।
 

 

प्रकाशित :जेष्ठ २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्