नयाँ प्रधानमन्त्रीबाट के आशा गर्नुभएको छ ?

- साप्ताहिक संवाददाता

जेष्ठ २६, २०७४-
अब कुनै प्रधानन्यायाधीशले न्याय सम्पादन गर्दा महाअभियोगको भय राख्नु नपरोस्, प्रहरीहरूको प्रमोशन बिना राजनैतिक हस्तक्षेप सम्पन्न होस्, प्राडो–पजेरोको पुरानो खेल नहोस् । धेरै छन् नयाँ प्रधानमन्त्रीसँग आशा, अहिले यत्तिले काम चलाउनुहोस् ।
दीपकराज गिरी, अभिनेता

नयाँ प्रधानमन्त्रीबाट देशमा शान्ति, विकास, समृद्धि एवं सम्पूर्ण चलचित्रकर्मीको हक–हितमा काम होस् भन्ने चाहना छ ।
मनोज केसी, चलचित्रकर्मी

प्रधानमन्त्रीले लोकतन्त्र तथा गणतन्त्रलाई संस्थागत गर्न दोस्रो चरणको चुनाव राम्रोसँग सम्पन्न गराउन् । सबै दललाई विश्वासमा लिई राष्ट्रिय अखण्डता मजबुत गरून् ।
सौरभ अधिकारी, मोडल

खै के आशा राख्नु र ? कामभन्दा बढी कुरा गर्छन् । पहिले काम गरेर देखाऊन् ।
समरा लामा, मेकअप आर्टिष्ट

पहिले पनि प्रधानमन्त्री भएकै हुन्, त्यतिबेला कुनै आशा लाग्दो वातावरण बनाए र ? खै के आशा गर्नु ?
जनार्दन शर्मा, गायक

निराशा र धोखाको खेती गरिने सरकारी संयन्त्र र प्रणालीको कारखाना बन्द गर्न सक्नुहुन्छ कि ?
अमरदिप सापकोटा, निर्देशक

सरदारजीलाई राम्रैसँग रिझाउनु होला भन्ने आशा गरेको छु ।
जगदीश्वर थापा, निर्देशक

मनोरञ्जन क्षेत्रलाई औद्योगिकीकरण गर्नेतर्फ पहल गरेको देख्न पाऊँ ।
लक्ष्मण पौडेल, नेपाल आइडल निर्देशक

देश विकासमा जस्तोसुकै चुनौती आए पनि पछि नहटुन भन्ने आशा छ ।
कमलमान सिंह, गायक

सत्ता र पार्टीप्रति लिप्त नहुन् ।जनतालाई राजनीतिको मीठो स्वाद चखाउन राजनीतिप्रतिको वितृष्णा कम गर्दै जनताको चाहना बुझेर आफ्नो दायित्व पूरा गरून् । नयाँ नेपाल बनाउने क्रममा अघि बढ्ने छन्, युवा बेरोजगारीको समस्या पनि समाधान गर्ने छन् भन्ने आशा गर्छु ।
आचार्य प्रभा, गीतकार

हरेक सरकारबाट नागरिकको अपेक्षा रहन्छ । यसैगरी यसपटकको सरकारबाट सुशासन, कानुनी राज्य एवं पारदर्शिताको अपेक्षा छ ।
मृदुला खनाल, समाचारवाचिका

प्रस्ट बोली ।
नीराजन प्रधान, अभिनेता

सुशासन, किनभने सुशासन बिना हामी कहीँ पुग्दैनौं । सुशासनले नै सबैलाई सही दिशामा लान्छ ।
समा थापा, समाचारवाचिका

स्थायित्वको आशा गर्छु तर भर पर्दिन ।
प्रदीपकुमार उदय, निर्माता

आशा त धेरै छन्, तर पूरा हुँदैनन् भन्ने कुरा पनि पक्का छ । 
विनोद पौडेल, ओस्कार कलेज, प्रिन्सिपल

देश र जनताको प्रगति होस्, दुर्गति होइन ।
सुशील विश्वकर्मा, बाँसुरी बादक 

हास्यास्पद प्रश्न ।
अशेष मल्ल, नाट्यकर्मी

धेरै ठूलो आशा छैन नयाँ प्रधानमन्त्रीबाट । बस एउटा सानो आशा, काठमाडौंमा मेलम्चीको पानीले धित मुरुन्जेल नुहाउने रहर छ । अलिकति ठूलो आशा देश नै झिलिमिली भएको हेर्ने मन छ ।
प्रभात लामा, रेडियोकर्मी

उनको स्वभाव र विगत देखेका मान्छेले आशा गर्ने ठाउँ छ र भन्या ? अहिले बन्न थालेको थिति मासिदिएनन् भने कार्यकाल सकिँदा ‘धन्न’ भनौंला । 
केदार शर्मा, सञ्चारकर्मी

पहिलो त सुशासन, त्यसपछि सबै सहर हरियाली, सफा, सुन्दर एवं भौतिक निर्माणले सम्पन्न, चौडा सडक, मेट्रो रेल अनि नमुना पर्यटकीय नगरीहरूको निर्माणको अपेक्षा गर्छु ।
जनकदिप पराजुली, निर्देशक 

‘म’ मात्रै भन्ने नेताहरूबाट मलाई केही आशा छैन ।
अनिल स्थापित, ग्राफिक डिजाइनर

विकास, सुरक्षा एवं स्थायित्व ।
रोशन प्रसाइँ, विज्ञापन व्यवसायी

प्रकाशित :जेष्ठ २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्