आवरण

- साप्ताहिक संवाददाता

जेष्ठ २५, २०७४-

अन्तरलिङ्गीहरूको कथा, व्यथा, बाध्यता र विवसताको कथा हो— आवरण । वास्तविक पात्रहरूलाई भेटेर, लामो कुराकानीपछि जया ओझाले यसलाई उपन्यासका रूपमा बुनेकी छिन् ।

इशान रेग्मी नामक पात्रको अनुभव–अनुभूतिमा आधारित भएर यो उपन्यास लेखिएको छ । यो पुस्तकमा लैंगिक अल्पसंख्यकहरूलाई समाजले हेर्ने दृष्टिकोण छर्लंग हुन्छ । सरल भाषा, छोटा वाक्य र मीठो प्रस्तुतिले पाठकको ध्यान खिच्छ । नाटक लेखकका रूपमा क्रियाशील जयाले ब्रासलेट, कवचजस्ता नेपाली चलचित्रलगायत परिबन्द, प्रहरी अनुरोध टेलिचलचित्र पनि लेखेकी छिन् । आवरण उनको पहिलो कृति हो । शिखा बुक्सले बजारमा ल्याएको यो पुस्तकको मूल्य ३ सय १७ रुपैयाँ छ । 

 

प्रकाशित :जेष्ठ २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्