पढाइमै केन्द्रित सहारा

- साप्ताहिक संवाददाता

जेष्ठ २३, २०७४

सहारा कार्की चलचित्र ‘दर्पणछायाँ–२’ की अभिनेत्री हुन् । तुलसी घिमिरेद्वारा निर्देशित यो चलचित्र व्यवसायिक रूपमा असफल भयो । यद्यपि चलचित्रमा सहाराको भूमिकालाई दर्शकले मन पराए ।

पहिलो चलचित्र अभिनयपछि सहारा यही क्षेत्रमा सक्रिय हुने अनुमान गरिएको थियो, तर सबैको अनुमानविपरीत सहाराले अध्ययनलाई नै निरन्तरता दिने निर्णय गरेकी छिन् । १७ वर्षीया सहारा लामो समयदेखि अमेरिकामा छिन् । उनी अहिले कक्षा १२ को अध्ययन पूरा गरेर विश्वविद्यालयमा भर्ना हुने तरखरमा छिन् ।

अमेरिकाबाट सञ्चारकर्मी हेम गिरीले जनाएअनुसार सहाराले डेन्भरस्थित कोलोराडो विश्वविद्यालयमा स्नातक तहको अध्ययन प्रारम्भ गर्न लागेकी हुन् । भविष्यमा चलचित्रमा अभिनय गर्ने सम्भावनालाई भने सहाराले नकारेकी छैनन् । 

 

प्रकाशित :जेष्ठ २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्