राईको गीतिसंग्रह आत्मभाव

- साप्ताहिक संवाददाता

जेष्ठ २३, २०७४-

साहित्यमा डी.आर.का नामले पहिचान बनाउन खोज्ने दिनेशकुमार राईको गीतिसंग्रह आत्मभाव बजारमा आएको छ । यो संग्रहभित्र १ सय ११ वटा गीत समावेश छन् ।

सरल भाषामा लेखिएका ती गीत मन छुने खालका छन् । तिनमा माया, प्रेम, जीवन, बिछोड तथा विरहका भावहरू व्यक्त गरिएका छन् । यो संग्रहमा प्रकृतिको बयान छ र स्वदेश प्रेम पनि झल्किएको पाईन्छ । डी.आर.का सिर्जनाले हरेक वर्ग, तह, तप्का एवं उमेर समूहका व्यक्तिहरूको भावनालाई सम्बोधन गर्न खोजेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरद्वारा प्रकाशित यो पुस्तकको मूल्य २ सय ५० रुपैयाँ छ ।

 

प्रकाशित :जेष्ठ २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्