नयाँ मिस नेपाल कस्ती हुनुपर्छ ?

- साप्ताहिक संवाददाता

जेष्ठ १९, २०७४-

कमन सेन्स भएकी, एटिच्युट नभएकी, संस्कृति बुझेकी, सबैको कला र संस्कृतिलाई सम्मान गर्ने, आफ्नो प्रतिष्ठामा बस्न सक्ने र मिस वल्र्ड जित्न सक्ने ।

सागरराज, म्युजिक भिडियो निर्देशक

म जस्ती ।

उषा खड्गी, मिस नेपाल २०००

गुड लुकिङ, स्मार्ट, अग्ली, इन्टेलिजेन्ट, लभ्ली र देश प्रति उत्तरदायी ।

रोशन प्रसाईं, विज्ञापन व्यवसायी 

यसपालिकी मिस नेपाल मिस वल्र्डमा विजयी हुने क्षमता भएकी हुनुपर्छ ।

अमृत ढुंगाना, अभिनेता

यसपालि मात्र होइन, मिस नेपाल सधैं ब्युटी विद ब्रेन हुनुपर्छ । 

भरत सिटौला, गायक

मिस नेपाल राम्री भएर मात्र पुग्दैन । संसारको एरिनामा हाम्रो सुन्दर देशको प्रतिनिधित्व गर्दै आफ्नो बुद्धिमताले भ्याएसम्म सारा संसारलाई नेपाल चिनाउन सक्नुपर्छ र देशको सुन्दर पक्षलाई सुन्दर ढंगबाट प्रस्तुत गर्ने क्षमता भएकी हुनुपर्छ ।

रेनुकासिंह ठकुरी, मोडल

म जस्ती क्युट, हल्का ब्ल्याक ब्युटी, घटीमा साढे पाँच फिट अग्ली, सबै कुराको ज्ञान भएकी, नेतृत्व गर्नसक्ने क्षमता भएकी त हुनैपर्छ । नाम र चर्चामा रहेकी भन्दा योग्य र प्रतिभावानलाई म यसपटककी मिस नेपालका रूपमा हेर्न चाहन्छु । 

आरोही शर्मा, अभिनेत्री

यस्तै भन्ने त छैन, तर देशको प्रतिनिधित्व गरेर मिस वल्र्डमा देशको नाम राख्न सक्ने हुनुपर्छ । उत्तर कण्ठस्थ गरेर होइन, अध्ययन गरेर मन भित्रैबाट देश, राजनीति, कला, साहित्य, खेलकुद आदि सिंगो समाजका विभिन्न विषयमा ज्ञान भएकी हुनुपर्छ । मिजासिली त झन हुनैपर्छ । 

प्रमोद खरेल, गायक

नेपाल चिनेको र चिनाउन सक्ने क्षमता भएकी हुनुपर्छ ।

कवीन्द्रमान शाक्य, फोटोग्राफर

शैक्षिक र बौद्धिक योग्यताका साथै सौन्दर्यले भरिपूर्ण हुनुपर्छ ।

नीलडेविड कटवाल, हेयर डिजाइनर

एकजना प्रतिस्पर्धी राम्री लागेकी छिन्, हेरौं उनले मुकुट लगाउन पाउँछिन कि पाउँदिनन् ।

सौरभ ढकाल, मोडल

एउटा युट्युब भिडियोमा क, ख, गदेखि क्ष, त्र, ज्ञसम्म भन्न पनि नजान्ने प्रतिस्पर्धी पनि देखिए । कमसेकम क देखि ज्ञ सम्म जान्नेले जित्नुपर्छ ।

आशिफ शाह, अभिनेता

शारीरिक र मानसिक रूपमै सुन्दरी हुनुपर्छ ।

डिजराज पौडेल, गायक

बौद्धिक र सौन्दर्यसहित देश र समाजलाई नजिकबाट नियालेकी हुनुपर्छ ।

अनुप सक्सेना, कोरियोग्राफर 

प्रतिभाशाली सुन्दरी ।

जीवन आचार्य, अभिनेता

मैले सोचे जस्ती ।

गौरव पहारी, अभिनेता

राम्री र बाठी ।

आमेश भण्डारी, अभिनेता

 

सुशील, अनुशासित र राम्री हुनैपर्छ । देशका बारेमा जानकार पनि हुनुपर्छ ।

बादल प्रसाईं, गायक

मिस नेपाल साँच्चैकी मिस नेपाल जस्ती हुनुपर्छ । सुन्दरता र बुद्धिमताको संगम ।

संजोग कोइराला, अभिनेता

 

प्रकाशित :जेष्ठ १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्