आज प्रदर्शित हुने चलचित्र जालो

- साप्ताहिक संवाददाता

जेष्ठ १९, २०७४-

आज शुक्रबार सार्वजनिक हुने चलचित्र जालो एउटा प्रयोगात्मक चलचित्र हो । १ घण्टा ४७ मिनेटभन्दा केही सेकेन्ड बढी अवधिको चलचित्र जालोलाई छायाँकार हरि घले लामाले एकै सटमा खिचेका हुन् अर्थात् क्यामेरा अन गरेपछि पूरै चलचित्र खिचेर अफ गरिने तरिकाबाट उक्त चलचित्र खिचिएको छ । निर्देशक अराज केशवको दावी छ— यसरी एउटा पूरै चलचित्र एकै सटमा संसारमै पहिलो पटक खिचिएको हो । उनले गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा पनि यसको दाबी गरिसकेको बताएका छन् ।

चलचित्रलाई दुई श्रृंखलामा बनाइएको छ । पहिलो श्रृंखला जालो हो भने दोस्रो श्रृंखला जालो रिटर्नस् । आज शुक्रबार जालो मात्र प्रदर्शन हुनेछ, त्यसको केही महिनापछि जालो रिटर्नस् देखाइनेछ ।

कलाकारहरूलाई निर्देशक केशवले नाटकमा झैं धेरै दिनसम्म पूर्वाभ्यास गरेपछि छायांकन थालेका थिए । सस्पेन्स र थ्रिल अवधारणाको चलचित्र जालोमा एउटा घरभित्र घट्ने अनौठा घटनालाई कथाका रूपमा प्रस्तुत गरिएको छ । चलचित्र जालोमा विपिन मल्लको सम्पादन, सत्यम राना, अक्की शर्मा र गौतमराज खड्काको भीएफएक्स रहेको छ । चलचित्रका निर्माता मोहित मुनाल, अराज केशव र धानी गिरी हुन् । 

निर्देशक : अराज केशव

संगीत : मोहित मुनाल

कलाकार : अनुपविक्रम शाही, मेनुका प्रधान, रेमनदास श्रेष्ठ, निराजन प्रधान, मुना गौचन, नीर शाह, लक्ष्मी गिरी आदि ।

चलचित्र जालोको ट्रेलर 

प्रकाशित :जेष्ठ १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्