ह्याट्रिक गर्दै साम्राज्ञी
जेष्ठ १७, २०७४
भुवन केसीको चलचित्र ‘ड्रिम्स’ बाट रजतपटमा आएकी साम्राज्ञीराज्यलक्ष्मी शाह एउटै चलचित्रबाट अभिनयमा स्थापित भइन् । अघिल्लो वर्षको सफल चलचित्रकी यी अभिनेत्री वर्ष २०७४ मा भने ह्याट्रिक गर्दैछिन्, अर्थात् यो वर्ष उनले अभिनय गरेका तीनवटा चलचित्र दर्शकमाझ आउँदैछन् । ए मेरो हजुर, मंगलम तथा तिमीसँग ब्याक टु ब्याक दर्शकमाझ आउन लागेकी साम्राज्ञी भर्खरै मात्र घोषणा गरिएको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ मा समेत अनुबन्धित छिन् । बेलायतमा छायांकन हुने यो चलचित्रले आफ्नो करियरलाई उचाइ प्रदान गर्ने कुरामा साम्राज्ञी आशावादी छिन् । यो वर्ष प्रदर्शन हुने यी तीनवटै चलचित्रबाट दर्शकले भिन्न स्वाद प्राप्त गर्ने साम्राज्ञीको दाबी छ ।
प्रकाशित :जेष्ठ १७, २०७४



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्