सन्ध्याको कुन पहिलो ?

- साप्ताहिक संवाददाता

जेष्ठ १६, २०७४-
सुन्दर भिडियो जक्की तथा व्यवसायिक मोडल हुन्— सन्ध्या केसी । इमेज च्यानलका थुप्रै कार्यक्रममार्फत दर्शकमाझ पुगिरहेकी सन्ध्यालाई निर्माता तथा अभिनेता भुवन केसीले चलचित्र ‘ड्रिम्स’ मा अभिनय त गराए, तर सन्ध्या त्यसलाई आफ्नो ‘डेब्यु’ अर्थात पदार्पण मान्न तयार छैनन् । गत साता काठमाडौंमा आयोजित एक समारोहमा सन्ध्या भन्दै थिइन्– ‘उक्त चलचित्रमा म अतिथि कलाकार मात्र हुँ, अभिनेत्री होइन ।’ सन्ध्याले प्रसन्न पौडेलद्वारा निर्देशित चलचित्र ‘कमलेको बिहे’ लाई आफ्नो डेब्यु फिल्म भनेकी छिन् । उक्त चलचित्रमा चमेलीका रूपमा सहरिया युवतीको भूमिका निर्वाह गर्न लागेकी सन्ध्या यो चलचित्रको प्रदर्शनपछि आफू अभिनयमै सक्रिय हुने समेत बताउँछिन् ।

 

प्रकाशित :जेष्ठ १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्