लाउरेको शुभमुहुर्त सम्पन्न

- साप्ताहिक संवाददाता

जेष्ठ १६, २०७४

दुर्गिश फिल्म्सको पाँचौं चलचित्र ‘लाउरे’ को काठमाडौंमा पूजाआजा गर्दै शुभमुहुर्त गरिएको छ । कमलादी गणेशस्थानमा गरिएको शुभमुहुर्त समारोहमा चलचित्रका मुख्य कलाकारका साथै निर्माता–निर्देशक उपस्थित भए ।

निगम श्रेष्ठले निर्देशन गर्ने यो चलचित्रमा नरेन लिम्बु, विक्रम सिंह, श्रृष्टि श्रेष्ठ, मिरुना मगर, शैलेन्द्र मल्ल, कृषा शाही, जेनेट मेरी लेटर आदि कलाकारले अभिनय गर्दैछन् । सुनिल रावल, इश्वर श्रेष्ठ, सुभास लामिछाने तथा भेषमणि श्रेष्ठले यो चलचित्रमा लगानी गर्नेछन् । यो चलचित्रको छायांकन जेठ २१ गतेदेखि प्रारम्भ हुनेछ ।

शुभमुहुर्त समारोहमा चलचित्रका निर्माता सुनिल रावलले चलचित्र पत्रकार संघ, नेपाललाई ५० हजार रुपैयाँ प्रदान गरे । उक्त रकम संघको अध्यक्ष सन्दिप सापकोटाले ग्रहण गरे । रावलद्वारा निर्मित चलचित्र ‘सायद–२’ असार ३० गतेदेखि प्रदर्शन हुँदैछ ।

 

प्रकाशित :जेष्ठ १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्