लोकप्रिय हुँदै कुटुमा कुटु

- साप्ताहिक संवाददाता

जेष्ठ १५, २०७४-

आगमी भदौ २३ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘२ रुपैयाँ’ को ‘कुटुमा कुटु...’ गीतको भिडियोले दुई दिनमै झन्डै तीन लाख दर्शक पाएको छ । आईतबार साँझ यूट्युबमा अपलोड गरिएको उक्त गीतमा राजनराज शिवाकोटीको शब्द तथा संगीत छ भने राजनराज, मेलिना राई तथा राजन ईशानको स्वर छ । राजन ईशान उक्त गीतका संगीत संयोजक पनि हुन् ।

असिम शाहद्वारा निर्देशित उक्त चलचित्रको यो गीतमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, बुद्धि तामाङ, आसिफ शाह तथा सामुहिक कलाकारले आकर्षक नृत्य गरेका छन् । पूर्वेली लोक शैलीको यो गीत ईटहरीमा सेट लगाएर छायांकन गरिएको हो । कोरियोग्राफर कविराज गहतराजले यी कलाकारहरुलाई नृत्य गराएका हुन् । सुर्के थैली खै, पूर्व पश्चिम रेल जस्ता लोकप्रिय गीतका स्रष्टा राजनराज शिवाकोटीले ‘कुटुमा कुटु’ को लोकप्रियता पूर्व अनुमानित भएको प्रतिक्रिया दिएका छन् ।

कुटुमा कुटुको भिडियो :

प्रकाशित :जेष्ठ १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्