अब आमा प्रियंका

- साप्ताहिक संवाददाता

जेष्ठ १५, २०७४-

अभिनेत्री प्रियंका कार्कीले चलचित्रका लागि हरेक प्रकारका भूमिका निर्वाह गरिसकेकी छिन् । गाउँलेदेखि सहरिया अनि प्रेमिकादेखि श्रीमतीसम्मको भूमिका निर्वाह गरेर प्रियंकाले आफूलाई प्रमाणित समेत गरिसकेकी छिन् । त्यसो त यसअघि पनि उनी चलचित्रकै लागि आमासमेत बनिसकेकी छिन् । यद्यपि उनी चलचित्रमा बालकलाकारकी आमाको भूमिकामा प्रस्तुत भएकी थिइन्।

 

हाल छायांकनको क्रममा रहेको दीपाश्री निरौलाद्वारा निर्देशित चलचित्र ‘छक्कापञ्जा–२’ भने उनी आफूभन्दा केही वर्ष कान्छी अभिनेत्रीकै आमा बनेकी छिन् । चलचित्र ‘छक्कापञ्जा’ को क्लाइमेक्समा शिवहरि पौडेलसँग वैवाहिक जीवन प्रारम्भ गर्ने प्रियंका त्यसको सिक्वेलमा आमा बन्न लागेकी हुन् । शिवहरि पौडेल तथा प्रियंकाको छोरीको भूमिकामा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्दैछिन् । प्रियंका आमा भएको गेटअपका केही तस्बिर सार्वजनिकसमेत भएका छन् ।

प्रकाशित :जेष्ठ १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्