खुल्यो मोडल हन्ट नेपालको बाटो

- साप्ताहिक संवाददाता

जेष्ठ १४, २०७४-

मोडलिङ क्षेत्रमा आफ्नो भविष्य खोज्ने युवा युवतीहरुमा लक्षित ‘मोडल हन्ट नेपाल’ नामक मोडल प्रतिस्पर्धाको तेस्रो संस्कारणको तयारी अगाडि बढेको छ । प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरी उसको व्यवसायिक करियरमा महत्वपूर्ण आयाम थप्ने उद्देश्य अनुरुप बढाइएको मोडल हन्ट नेपाल प्रतियोगिता अन्तर्गत अन्तर्राष्ट्रिय स्तरको रनवे मोडलिङ विभिन्न आयामको प्रशिक्षण, प्रोफेसनल पोर्ट फोलियो निमार्ण, सेल्फ मेकअप, व्यक्तित्व विकास, संचार कला, मेडिया प्रोमोशन लगायत विभिन्न विषयमा प्रशिक्षण तथा अवसरलाई जोड दिइएको आयोजक पक्षले जनाएको छ ।

 

आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अनुसार १६ देखि २८ वर्ष उमेर समूहका  युवा–युवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । प्रारम्भिक अडिसनबाट चयन भएका सहभागिहरुले र्‍याम्प मोडलिङ, व्यक्तित्व विकास, संचार कला, फोटोसेसन, स्टेज पर्फमेन्स, पब्लिक स्पिकिङलगायत विषयमा दक्ष व्यक्तित्वहरूद्धारा प्रशिक्षण प्राप्त गर्नेछन् । प्रतियोगिताको फिनाले सबैभन्दा उत्कृष्ट प्रस्तुति दिने सहभागिले वल्र्ड फेसन परेडको अन्तर्राष्ट्रिय रनवे आफूलाई उभ्याउन अवसर प्राप्त गर्ने आयोजक संस्थाले जनाएको छ ।

प्रकाशित :जेष्ठ १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्