र्‍यापर यम बुद्धलाई सम्झँदै

- साप्ताहिक संवाददाता

जेष्ठ १४, २०७४- 

र्‍यापर यमबुद्ध (अनिल अधिकारी) को जन्मदिनको अवसर पारेर अस्ट्रेलियाको सिड्नीमा सांगीतिक कार्यक्रम हुने भएको छ । नेपाल रिपोर्ट्सको आयोजनामा मे ३० तारिक यम बुद्धको जन्म दिनको अवसर पारेर सिड्नीको मेट्रो थिएटरमा ‘द यम नाइट’ कार्यक्रम गर्न लागिएको हो । उक्त अवसरमा र्‍यापर गिरीश खतिवडा (गोर्खालीजी), बिट–बक्सर निशान्त गौचन, युवा र्‍यापर युनिक पोएट तथा साकार अधिकारी आदिको मुख्य प्रस्तुति रहने बताइएको छ । अस्ट्रेलियाको स्थानीय हिपहप ब्यान्डले यमबुद्धका चर्चित गीतहरूमा धुन प्रस्तुत गर्नेछ । कार्यक्रममा र्‍याप ब्याटल, बि–बोइङ, स्ल्याम पोएट्रीलगायत हिपहपका अन्य विधाका प्रस्तुति पनि समेटिने छ ।

 

‘से नो टु सुसाइड, से यस टु लाइफ’ नारा दिइ प्रवासमा रहेका नेपाली युवाहरूमा जीवनप्रति सकारात्मक सोच वृद्धि गराउने उद्देश्यले सांगीतिक कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजकहरूले बताएका छन्।

प्रकाशित :जेष्ठ १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्