पर्व

- साप्ताहिक संवाददाता

जेष्ठ १२, २०७४

निर्देशक : दिनेश राउत

संगीत : कोशिश क्षेत्री

कलाकार : नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बू, जेविका कार्की आदि ।

यतिबेला एउटा गीत निकै हिट छ –काले दाइ काले दाइ । उक्त गीत युटुबमा एक करोडभन्दा बढी पटक हेरिएको छ । नेपाल होस् वा विदेश विभिन्न पार्टीहरूमा उक्त गीत दर्जनांै पटक बजाइन्छ । यो गीत चलचित्र पर्वको हो । दिनेश राउतले निर्देशन गरेको चलचित्र पर्वको काले दाइ काले दाइ  गीतमा चलचित्रकी नायिका माला लिम्बूसँग अतिथि भूमिकामा देखिने निर्देशक निश्चल बस्नेतले नृत्य गरेका छन् । निश्चलले नृत्य गरेकै कारण दर्शकमा काले दाइ काले दाइ गीत उनको निर्देशनको चलचित्र ‘लुट टु’को हो भन्ने भ्रम थियो । अहिले त्यो भ्रम चिरिएको छ । गीत हिट भएपछि चलचित्र पनि हिट हुन्छ भन्ने कुरामा निर्माण पक्ष ढुक्क छ । गोपीकृष्ण मुभिज र सुवास इन्टरटेन्मेन्टले संयुक्त रूपमा निर्माण गरेको चलचित्र पर्व आज शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शनमा आउँदैछ । एउटा पर्वका बखत घटेको घटना र चलचित्रको एक पात्रमा परेको त्यसको प्रभाव यो चलचित्रको मुख्य विषय हो । चलचित्र ‘पर्व’मा राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको द्वन्द्व तथा कविराज गहतराजको नृत्य निर्देशन छ ।

प्रकाशित :जेष्ठ १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्