तेस्रो काठमाडौं ट्रेल रेस हुने

- साप्ताहिक संवाददाता

जेष्ठ ११, २०७४-
काठमाडौंमा तेस्रो ‘काठमाडौं ट्रेल रेस’ हुने भएको छ । शनिबार हुने उक्त ट्रेल रेस बुढानिलकण्ठ स्कुलबाट सुरु हुनेछ । बुढानिलकण्ठ–टोखा रेस १३ किमिको हुनेछ । 


हालसम्म उक्त रेसमा सहभागी हुन २ सय जनाले रजिस्टर्ड गरिसकेका छन् । प्रतियोगितामा २ सय ५० जनाको क्षमता रहेको आयोजक मध्येकी एक प्रीति खत्रीले बताइन् । यो रेसमा सहभागी हुन विद्यार्थीलाई ४ सय र अरुले ६ सय रुपैंयाँ तिर्नुपर्नेछ । त्यस्तै विदेशी नागरिकलाई १ हजार रुपैंयाँ शुल्क तोकिएको छ । 


ट्रेल रेसबाट उठेको रकम छोरीहरुको शिक्षाका लागी खर्चिने बताइएको छ । ट्रेल रनिङ नेपालको आयोजनामा भइरहेको काठमाडौं ट्रेल रेसको यो तेस्रो सिरिज हो । 

 

प्रकाशित :जेष्ठ ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्