यस्ता छन् कमले

- साप्ताहिक संवाददाता

जेष्ठ ११, २०७४

एउटा चलचित्र निर्माण भैरहेको छ ‘कमलेको बिहे’ । सुदुरपश्चिमको डडेलधुरामा छायांकन गरिएको यो हास्यप्रधान सामाजिक चलचित्रमा ह्यान्डसम हंकका रूपमा कहलिएका अभिनेता तथा मोडल अनुपविक्रम शाही सुदूरपश्चिमको ब्राह्मणको भूमिकामा छन् । बनारसबाट कर्मकाण्डमा शास्त्री गरेर घर फर्किएका कमलेको विवाहका लागि हुने तामझाम र रमाइलोलाई धेरैपछि निर्देशनमा फर्किएका प्रसन्न पौडेलले पर्दामा उतार्दैछन् । कमले बन्न अभिनेता अनुपविक्रम शाहीले आफुलाई पुरै परिवर्तन गरेका छन् । लामो टुप्पी, गोलो चस्मा तथा धोती लगाएर अनुपले उक्त भूमिकाप्रति न्याय गर्ने भरपुर प्रयत्न गरेका छन् । सधंै ह्यान्डसमका रूपमा पर्दामा देखिने अनुपलाई हास्यअभिनेताका रूपमा दर्शकले कति रुचाउनेछन्, भविष्यले नै बताउनेछ ।

प्रकाशित :जेष्ठ ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्